सन् १५६७ : फ्रान्समा क्याथोलिक र प्रोटेस्टेन्टबिच धार्मिक युद्ध सुरु । गृहयुद्धको रूपमा लडिएको यो युद्धले निम्त्याएको हिंसा, भोकमरी र रोगले झन्डै २० देखि ४० लाख मानिसको ज्यान लियो ।
सन् १३९९ : बेलायतका राजा रिचर्ड द्वितीय काकाका छोरा हेनरी ल्यानकास्टरबाट पराजित भएसँगै ल्यानकास्टर आफूलाई हेनरी चौथोको नाममा बेलायतमा शासन गर्न थाले ।
सन् १७८९ : नवगठित संयुक्त राज्य अमेरिकाको संसद्ले नियमित सेना निर्माण गर्ने पक्षमा मतदान गर्यो । सेनालाई हेर्नका लागि युद्ध मन्त्रालय पनि गठन गरियो ।
सन् १९०६ : अमेरिकाले क्युबामा हस्ताक्षर गरेर त्यहाँका तानासाह स्ट्राडा पाल्मालाई निष्कासित गर्यो ।
सन् १९१६ : अमेरिकी तेल व्यापारी जोन डी रकफेलर विश्वको पहिलो डलर अर्बपति बने ।
सन् १९४१ : जर्मनीले आफ्नो नियन्त्रणमा रहेको किभमा झन्डै ३० हजार यहुदीलाई मार्यो ।
सन् १९५० : सोभियत नेता निकिता ख्रुस्चेभले संयुक्त राष्ट्रसंघीय महासभाको बैठकमा अर्का प्रतिनिधिले बोलिरहेका वेला अवरुद्ध हुने गरी होहल्ला गरे । उनले त्यस समय जुत्ता खोलेर आफूअघिको डेस्कमाथि बजारेको चर्चा हुने गरे पनि यसको प्रामाणिकतामा प्रश्न उठ्ने गरेको छ ।
सन् १९७१ : ओमन अरब लिगको सदस्य बन्यो ।