वातावरणमैत्री, आधुनिक र दिगो यातायात सेवा प्रवर्द्धन गर्न गोर्खाज फाइनान्स र हिमालय अर्गनाइजेसन (आयाम इन्टरकन्टिनेन्टल प्रालि, हिमालय मोटोरेक्स प्रालि तथा सम्बद्ध कम्पनी)बिच समझदारी भएको छ ।
समझदारीपत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र इवाहाङ र हिमालय अर्गनाइजेसनका सिइओ कपिल शिवाकोटीले हस्ताक्षर गरेका छन् । यस रणनीतिक सहकार्यसँगै अब देशभरिका ग्राहकले हिमालय अर्गनाइजेसनद्वारा बिक्री–वितरण गरिने सम्पूर्ण कमर्सियल तथा विद्युतीय सवारीसाधनको खरिदमा ८० प्रतिशतसम्म सहज र झन्झटरहित फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, ग्राहक तथा यातायात व्यवसायीले प्रतिस्पर्धी ब्याजदरमा सात वर्षसम्मको लचिलो भुक्तानी अवधिसहित ८० प्रतिशतसम्म सवारी कर्जा प्राप्त गर्न सक्नेछन् ।