मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १३ मंगलबार o७:३६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निप्पोन फर्मास्युटिकल्सको आइपिओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार o७:३६:oo

निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने तयारी थालेको छ । कम्पनीको धितोपत्र निष्कासक तथा बिक्री प्रबन्धमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको हो ।

निष्कासनसम्बन्धी सम्झौतामा निप्पोनका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक मन्टु घिमिरे तथा नबिल इन्भेस्टमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरेका हुन् ।

मोरङको विराटनगर महानगरपालिका– १२, बखरीस्थित निप्पोनले ट्याब्लेट, क्याप्सुल, तरल औषधि, मलम, क्रिम जेल, ओआरएस, ड्राई सिरप र पेनिसिलिनलगायत उत्पादन गर्दै आइरहेको छ । 

↑