मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १५ सोमबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १५ सोमबार १५:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भोटेकोशी बाढीमा निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १५ सोमबार १५:१५:oo

रसुवाको भोटेकोशी बाढीमा परी निधन भएकाहरूको पशुपति क्षेत्रस्थित आर्यघाट र भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ।

पशुपति क्षेत्र विकास कोषले विपतमा परी ज्यान गुमाएकाहरूको निःशुल्क दाहसंस्कारका लागि आवश्यक सबै व्यवस्था मिलाएको जनाएको छ। कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले बाढीमा निधन भएकाहरूको दाहसंस्कार निःशुल्क गर्ने निर्णय गरिएको जानकारी दिए।

कोषका अनुसार निःशुल्क दाहसंस्कारसम्बन्धी समन्वय तथा आवश्यक जानकारीका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न सकिनेछ। वैद्यलाई ९८४१२२९९९४ नम्बरमा सम्पर्क गर्न सकिने कोषले जनाएको छ।

यससम्बन्धी थप जानकारीका लागि पशुपति क्षेत्र विकास कोषको कार्यालयमा समेत सम्पर्क गर्न सकिनेछ।

विपतकाे समयमा एक–अर्कालाई सहयोग गर्दै मानवीय भावना र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले निःशुल्क दाहसंस्कारको व्यवस्था गरिएको सदस्य भण्डारीले बताए।