मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २९ शुक्रबार १o:१४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्यास अनावश्यक मौज्दात राख्ने होटेल, रेस्टुरेन्टलाई कारबाही गर्ने चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १o:१४:oo

नेपाल आयल निगमले ग्यासको अनावश्यक मौज्दात राख्ने होटेल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसलगायतका व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्ने चेतावनी दिएको छ । बजार अनुगमन र उजुरीका आधारमा कतिपय होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसलगायतका व्यावसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको भन्दै निगमले कारबाहीको चेतावनी दिएको हो ।

साबिकको भन्दा करिब २० प्रतिशत बढी ग्यास आयात भइरहँदा पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाइरहेको गुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको निगमले जनाएको छ ।

‘निगमको द्रुत प्रतिकार्य डेस्कमा प्राप्त उजुरी तथा जानकारीसमेतका आधारमा बजार अनुगमन गर्दा कतिपय होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसलगायतका व्यावसायिक प्रतिष्ठानहरूमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको हुँदा त्यसरी अनावश्यक मौज्दात नराख्न तथा राखेको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री–वितरण गर्न–गराउन हुन निगम हार्दिक अपिल गर्दछ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।