मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
२o८३ श्रावण २९ शुक्रबार ११:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा अपांगता भएका महिलालाई बलात्कार गर्ने पुरुषलाई जन्मकैद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार ११:oo:oo

दाङमा अपांगता भएका महिलालाई बालात्कार गर्ने एक व्यक्तिलाई जन्मकैदको फैसला सुनाइएको छ । उच्च अदालत तुलसीपुरले सोमबार फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दे ‘क’ वर्गको अपांगता भएको महिलालाई बलात्कार गर्ने दाङ तुलसीपुर– ७ राजापुरमा बस्ने ३४ वर्षीय जगतबहादुर रावतलाई जन्मकैदको फैसला सुनाएको हो । जिल्ला अदालतले गरेको उक्त फैसलालाई उच्च अदालतले सदर गरेको हो ।

मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले जन्मकैदको फैसला गर्दै सात लाख रुपैयाँ जरिवाना र पीडितलाई २५ हजार रुपैयाँ क्षतिपूर्तिसमेत बुझाउनुपर्ने फैसला गरेको हो ।

रावतले घरमा कोही नभएको मौका छोपी जन्मजात रूपमा बोल्न नसक्ने, सुस्त मनस्थितिकी र हिँडडुल गर्न नसक्ने महिलालाई उनकै घरपछाडिको बाथरुममा जबर्जस्ती करणी गरेको अदालतको ठहर छ। पीडितकी बहिनीले सो घटना प्रत्यक्ष देखेपछि घटना सार्वजनिक भएको थियो ।