सन् १९४७ : पाकिस्तान ब्रिटिस शासनबाट स्वतन्त्र बन्यो ।
सन् १९४१ : अमेरिकी राष्ट्रपति फ््रयांकलिन डी. रुजबेल्ट र ब्रिटिस प्रधानमन्त्री विन्स्टन चर्चिलले एक संयुक्त घोषणा जारी गरे, जसलाई ‘एटलान्टिक चार्टर’ नामले परिचित गरायो । यो घोषणा पछि गएर संयुक्त राष्ट्र संघको गठनको आधार बन्यो ।
सन् १९४५ : दुई आणविक बम आक्रमणपछि जापानी राजाले मित्रशक्तिसामु निसर्त आत्मसमर्पण गर्न लागेको परिप्रेक्ष्यमा त्यसलाई रोक्न सेनाभित्रको एक समूहले असफल सैन्य कुको प्रयास गर्यो ।
सन् १९७४ : ४० वर्षसम्म प्रतिबन्ध गरेको अमेरिकाको सरकारले अन्ततः नागरिकलाई सुन राख्न दिने कानुन पास गर्यो ।
सन् १९७८ : पोल्यान्डको कम्युनिस्ट शासनमा बढ्दो महँगाइविरुद्ध मजदुरहरूमाझ उठेको विरोध ‘सोलिडारिटी’ नामक ट्रेड युनियनमा बदलियो, यही समूहले पछि कम्युनिस्ट शासन ढाल्न महत्वपूर्ण भूमिका खेल्यो ।
सन् २०१० : पहिलोपटक ग्रीष्म युवा ओलम्पिक प्रतियोगिता सिंगापुरमा आयोजना भयो । प्रतियोगितामा १४ देखि १८ वर्षका किशोर–किशोरीले मात्र भाग लिएका थिए ।