आइसिएफसी फाइनान्स लिमिटेडका ग्राहकले जय नेपाल सिनेमा हलमा फिल्मको टिकट काट्दा १२ प्रतिशत छुट पाउने भएका छन् । छुटसम्बन्धी सम्झौतामा फाइनान्सका तर्फबाट शाखा प्रबन्धक शैलेश कोइराला, बजार प्रमुख सन्जोग गुरुङ, बजार प्रतिनिधि सरिना श्रेष्ठ र जय नेपाल सिनेमा हलका तर्फबाट प्रबन्ध निर्देशक रूपेशकुमार श्रेष्ठ र निर्देशक हरिकृष्ण लोहलाले हस्ताक्षर गरेका हुन् ।
फाइनान्सको डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले दरबारमार्गस्थित जय नेपाल सिनेमा हलमा टिकट खरिद गर्दा १२ प्रतिशत छुट पाउनेछन् । यो सहकार्यबाट फाइनान्सका ग्राहक लाभान्वित हुने बताइएको छ ।