मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १० आइतबार
  • Monday, 27 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १० आइतबार १६:o२:oo
Read Time : < 1 मिनेट
समाचार

११ करोड हिनामिना प्रकरण : इन्स्पेक्टर गुरुङविरुद्ध भ्रष्टाचार मुद्दामा पनि अनुसन्धान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १० आइतबार १६:o२:oo

सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध भ्रष्टाचार मुद्दामा पनि अनुसन्धान सुरु भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि अनुसन्धान थालेको छ । 

आयोगले आइतबार विशेष अदालतमा पेस गरेकोमा  थुनामा राख्न म्याद दिएको छ । उनीहरुलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न इजलासले म्याद दिएको बिशेष अदालतकी प्रवक्ता पार्वती हितानले जानकारी दिइन्।  यसअघि प्रहरीले ठगी तथा आपराधिक लाभ मुद्दामा अनुसन्धान गरिरहेको छ। सशस्त्र प्रहरीकै पत्रका आधारमा उनीहरू गत २० असारमा पक्राउ परेका थिए ।  

इन्स्पेक्टर गुरुङ करिब ६ वर्ष कीर्तिपुरस्थित विद्यालयको लेखा अधिकृत भएर काम गरेकी थिइन्। विद्यालयको आम्दानीबापतको रकम कल्याण कोषमा जम्मा गर्नुपर्नेमा गैरकानुनी रूपमा निकालेर उनले साथी लामालाई दिँदै आएकी थिइन्। लामाले सो पैसा डुबाएपछि दुवैजना यसमा फसेका हुन्। लामा होटेल तथा ट्राभल एजेन्सी व्यवसायी हुन्। 

सशस्त्र प्रहरीले आन्तरिक रूपमा छानबिन गरेको थियो। छानबिनमा इन्स्पेक्टरकै योजनामा हिनामिना भएको निष्कर्ष निकालेको छ। यसमा विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिगविजय सुवेदी, भूपेन्द्र केसी तथा रामजंग पाण्डेको पनि चरम लापरबाही देखिएको छ। साथै, विद्यालयको करोडौँ आम्दानीको खोजी नगर्ने कल्याण शाखाका अधिकारी पनि छानबिनमा छन्। सशस्त्रमा लेखा अधिकृत हरेक वर्ष सरुवा हुनेमा गुरुङ भने ६ वर्षसम्म एउटै कार्यालयमा बसेकी थिइन्। नयाँ लेखा अधिकृत त्यहाँ गएर हिसाब बुझ्ने क्रममा मात्र बदमासी बाहिर आएको हो।