Skip This
हितेन्द्रदेव शाक्यलाई मासिक करिब तीन लाख तलब, सुविधा दिएर ऊर्जा आयोगमा सरुवा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ७ मंगलबार
  • Tuesday, 23 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज ७ मंगलबार ११:१६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

हितेन्द्रदेव शाक्यलाई मासिक करिब तीन लाख तलब, सुविधा दिएर ऊर्जा आयोगमा सरुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज ७ मंगलबार ११:१६:oo

इन्जिनियर हितेन्द्रदेव शाक्यलाई मासिक दुई लाख ९४ हजार ९२० रुपैयाँ तलब, सुविधा सुनिश्चित गरेर सरकारले जल तथा ऊर्जा आयोगमा  सरुवा गरेको पाइएको छ ।

प्राधिकरणको कार्यकारी निर्देशक रहेका शाक्यलाई अघिल्लो मन्त्रिपरिषद् बैठकले आयोगमा विशिष्ट श्रेणी पद कायम गरेर सरुवा गरेको थियो । प्राधिकरणको कार्यकारी निर्देशकमा पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाल नियुक्त भएका छन् । ‘शाक्यले प्राधिकरणको कार्यकारी निर्देशक हुँदा खाइपाई आएको सुविधा नघट्ने गरी आयोगको सचिवसरहको विज्ञ सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो,’ ऊर्जा मन्त्रालय स्रोतले भन्यो ।

गत ११ चैतको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर नियुक्ति भएकाले सुरुवातदेखि शाक्य विवादमा थिए ।