
चार महिनापछि रारा विमानस्थलमा उडान भएको छ । सोमबार मुगुको रारा विमानस्थलमा नेपाल एयरलाइन्सले उडान गरेको हो । एयरलाइन्सले यसअघि गत वैशाख महिनासम्म हप्ताको तीन दिन उडान गर्दै आएको थियो ।
नियमित उडान हुँदा मुगालीहरूले राहत महसुस गरेका थिए । तर, चार महिनायता उडान नहुँदा यो विमानस्थल भएर नेपालकै ठुलो ताल राराताल घुम्न आउने पर्यटक र अन्य यात्रुले हवाई यात्राका लागि सास्ती भोग्दै आएका थिए ।