Skip This
गृहसचिवको सरुवा, रामेश्वर दंगाललाई ल्याइयो 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ७ मंगलबार
  • Tuesday, 23 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असोज ७ मंगलबार १३:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहसचिवको सरुवा, रामेश्वर दंगाललाई ल्याइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज ७ मंगलबार १३:४२:oo

सरकारले गृहसचिवको सरुवा गरेको छ । गोकर्णमणि दुवाडीलाई सरुवा गरेर नयाँ गृहसचिवमा रामेश्वर दंगाललाई ल्याइएको छ । गृहसचिवका रूपमा दुवाडीको भूमिका विवादास्पद भएपछि सरकारले उनको सरुवा गरेको हो । तीनकुनेदेखि जेन–जी आन्दोलनमा गृह प्रशासनको भूमिका आलोच्य थियो । 

नयाँ ल्याउन लागिएका दंगाल रक्षासचिवमा कार्यरत छन् । ०७८ माघमा सचिव बढुवा भएका दंगाल कर्मचारी वृत्तमा तुलनात्मक रूपमा स्वच्छ र निर्णय क्षमता भएका कर्मचारी मानिन्छन् । 

दंगाल गृह मन्त्रालयमा उपसचिव र सहसचिव भएर केही वर्ष काम गरेका छन् । उपसचिव हुँदा तीन वर्ष र सहसचिव हुँदा पनि अरू तीन वर्ष उनी गृह मन्त्रालयअन्तर्गत काम गरेका हुन् । उनी धनकुटा र सल्यानको प्रमुख जिल्ला अधिकारी थिए भने गृहअन्तर्गतको विपत् प्राधिकरणमा पनि सहसचिव हुँदा कार्यरत थिए । 

सचिव बढुवा भएपछि उनी राजस्वसचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव हुँदै रक्षामा आएका थिए ।