Skip This
आन्दोलनका क्रममा प्रहरीको हत्या गर्ने युवक पक्राउ 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ७ मंगलबार
  • Tuesday, 23 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज ७ मंगलबार १५:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

आन्दोलनका क्रममा प्रहरीको हत्या गर्ने युवक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज ७ मंगलबार १५:५३:oo

जेन–जी आन्दोलनको क्रममा प्रहरीलाई कुटिकुटी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। 

काभ्रेपलाञ्चोक घर भएका युवराज क्यापछाकीलाई पक्राउ गरी अनुसन्धान भइरहेको काठमाडौं परिसरले जनाएको छ। महाराजगन्जमा प्रहरीको हत्या घटनामा उनी संलग्न रहेको अनुसन्धानमा खुलेको छ । 

आन्दोलनको क्रममा महाराजगन्जमा दुई तथा कोटेश्वरमा एक प्रहरीलाई नियन्त्रणमा लिई हत्या भएको थियो। प्रहरीका दर्जनौँ कार्यालयमा आगजनी र लुटपाटसमेत भएको थियो । प्रहरी कार्यालयमा लुटपाट गर्नेहरू पनि पक्राउ परिरहेको प्रहरीले जनाएको छ । भिडियो, फोटो र अन्य प्राविधिक अनुसन्धानबाट प्रहरीले आन्दोलनको मौकामा हिंसात्मक गतिविधिमा संलग्नहरूमाथि अनुसन्धान गरिरहेको छ।