Skip This
सुन्धारा कारागारबाट भागेका भुटानी शरणार्थी प्रकरणका दुई थुनुवा पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ७ मंगलबार
  • Tuesday, 23 September, 2025
२o८२ असोज ७ मंगलबार १७:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुन्धारा कारागारबाट भागेका भुटानी शरणार्थी प्रकरणका दुई थुनुवा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज ७ मंगलबार १७:४o:oo

जेन–जी आन्दोलनको मौका पारी सुन्धारा कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका दुई अभियुक्त पक्राउ परेका छन्। २४ भदौमा कारागारबाट भागेका सानु भण्डारी र केशव दुलाल ललितपुरको भाटाखेलबाट आज मंगलबार पक्राउ परेका हुन्। जेलभित्र फर्कन आह्वान गर्दा पनि उनीहरु भागेर हिडेका थिए। सो मुद्दामा उनीहरु नै मुख्य प्रतिवादी हुन्।

सोही मुद्दाका प्रतिवादी एमाले नेता टोपबहादुर रायमाझी मंगलबार मात्र जेल फर्किएका छन्। इन्द्रजित राई लगायत केही प्रतिवादी अझै फरार छन्।