Skip This
लुम्बिनीका मुख्यमन्त्री आचार्य बाँकेको अनुगमनमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ७ मंगलबार
  • Tuesday, 23 September, 2025
२o८२ असोज ७ मंगलबार १७:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीका मुख्यमन्त्री आचार्य बाँकेको अनुगमनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज ७ मंगलबार १७:o१:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जी आन्दोलनका कारण आगजनीमा परेर प्रभावित भएका कार्यालयहरूको अनुगमनका क्रममा मंगलबार बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरूको अनुगमन गरेका छन।

अनुगमनका क्रममा बाँकेका सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री आचार्यले अत्यावश्यक सेवा नरोकिने बताए। कतिपय अत्यावश्यक कार्यालयहरूको सेवा सञ्चालनका लागि सहयोगको कार्य पनि अगाडि बढाइरहेका छौँ। जेन-जी आन्दोलनका नाममा भएको घुसपैठले बाँके क्षेत्रका सरकारी संरचना ध्वस्त पार्ने काम भएको छ।

'जनतालाई दैनिक आवश्यक पर्ने कागजात र लगतहरू जलाउने काम भएको छ। यसरी सार्वजनिक सम्पत्ति ध्वस्त पार्ने कार्य अत्यन्त खेदजनक छ,' उनले भने। धेरै कार्यालयमा सेवा प्रवाह गर्न कठिन रहेको र टेन्ट टाँगेर भए पनि सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाइएको जानकारी मुख्यमन्त्री आचार्यले दिए। उनले यसअघि अर्घाखाँची, प्युठान र दाङ जिल्लाका प्रभावित कार्यालयहरूको पनि अनुगमन गरिसकेका थिए।