Skip This
जेन-जीको चाहनाअनुसार भिजिट भिसासम्बन्धी नियम परिमार्जन गरिने 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ७ मंगलबार
  • Tuesday, 23 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज ७ मंगलबार २o:o५:oo
Read Time : > 1 मिनेट
समाचार

जेन-जीको चाहनाअनुसार भिजिट भिसासम्बन्धी नियम परिमार्जन गरिने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज ७ मंगलबार २o:o५:oo

जेन-जी आन्दोलनपछिको अवस्थामा वैदेशिक रोजगारी तथा भिजिट भिसासम्बन्धी प्रक्रियालाई सरकारले सरल र सहज बनाउने भएको छ। अध्यागमन विभागले म‌ंगलबार यसबारे सरोकारवालासँग छलफल गरेको छ। 

जेन-जी आन्दोलनले वैदेशिक रोजगारीको क्षेत्रमा पार्न सक्ने प्रभाव र विदेशमा नेपालको छवि सुधार गर्न अबलम्बन गर्नुपर्ने उपायहरूका बारेमा समेत छलफल गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले बताए। बैठकले वैदेशिक रोजगार क्षेत्रको कुशासन हटाउनेदेखि भिजिट भिसासम्बन्धी नियमलाई समसामयिक रूपमा परिमार्जन गर्ने निर्णय गरेको छ। परराष्ट्रसचिवको प्रमुख आतिथ्यतामा भएको भर्चुअल बैठकमा युनाइटेड अरब इमिरेट्स, कतार, ओमन, कुवेत, साउदी अरेबिया, बहराइनलगायतका खाडी मुलुक एवं मलेसिया र थाइल्यान्डमा अवस्थित नेपाली राजदूत र श्रमसहचारीसहित गृह मन्त्रालय र परराष्ट्र, मन्त्रालयका पदाधिकारीहरू थिए। त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कन्सुलर सेवा विभागका प्रतिनिधिको पनि उपस्थिति थियो। 

 

 

प्रवक्ता ढकालका अनुसार बैठकले यी १८ वटा विषयमा छलफल भएको छ। 

१. वैदेशिक रोजगारको क्षेत्रमा कुशासन व्याप्त छ भन्ने आमधारणा हटाउन श्रम आप्रवासनमा सहभागी हुने अधिकांश मानिसहरू १८ देखि ४० वर्ष उमेर समूहका जेन-जीको आन्दोलनको भावना र युवापुस्ताको चाहनासमेतलाइ सम्बोधन गर्ने 

२. भिजिट भिसाका लागि गरिएका केही सरकारी नियमले नागरिकहरूको हुर्मत लिने काम भएकोले ती व्यवस्थामा समसामयिक परिमार्जन गर्ने

३. श्रम आप्रवासनसँग सम्बन्धित समस्यालाई सम्बोधन गर्न दीर्घकालीन रणनीति आवश्यक भएकोले यस कार्यमा विदेशस्थित नियोगहरूको भूमिका महत्त्वपूर्ण हुने

४. विदेशस्थित दूतावास, श्रमसहचारी र अध्यागमन विभागबीच  डाटा सेयरिङका लागि  इन्टिग्रेटेड सिस्टमको विकास गर्ने

५. विभिन्न निकायहरूले सञ्चालनमा ल्याएका प्रणालीहरूलाई एकआपसमा इन्टर अपरेसनल बनाउने

६. भिजिट भिसामा जाने नेपालीहरूकोि बिमा अनिवार्य गर्ने

७. विदेशमा विभिन्न उद्देश्यले गएर समस्यामा परेका व्यक्तिको उद्धारका लागि विदेशस्थित नियोगहरूमा उद्धार कोषको स्थापना गर्ने

८. घरेलु कामदारहरूलाई व्यवस्थित गर्न सोसम्बन्धी कानुन तर्जुमा गर्ने। सो कानुनबमोजिम घरेलु कामदारमा पठाउने। नत्र अनौपचारिक माध्यमबाट घरेलु कामदारमा जाने प्रवृत्ति हेर्दा यसको असर भयावह हुने अवस्था रहनु

९. साबिकमा विदेशस्थित नियोगमा बैदेशिक रोजगार बोर्डका तर्फबाट प्रतिनिधि रहने गरेकोमा हाल उनीहरूलाई हटाइएकोले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउन उक्त दरबन्दी कायमै राख्ने

१०. वैदेशिक यात्रा र रोजगारीका सन्दर्भमा बिचौलियाको प्रभाव शून्य पार्ने

११. युएईले भिसामा कडाइ गरेपछि ओमानमार्फत गैरकानुनी ढंगबाट बिचौलियाले नेपालीलाई लैजान सक्ने भएकोले सूचना सेयरिङ गर्ने

१२. कुवेतमा भिजिट भिसामा जान पाइँदैन। तर, पनि बिचौलियाहरूले चर्को मूल्य लिएर ठग्ने गरेको

१३. युएइमा २०० जना नेपाली राहदानीबाहक म्यानमारका नागरिक छन्। यसरी नक्कली कागजात पेस गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन आवश्यक भएको

१४. युएईमा नेपालका लागि वैदेशिक रोजगारीको इपिसेन्टर हो। एक महिनामा २५ देखि ३० जनाको मृत्यु हुने गरेको। आत्महत्या मृत्युको मुख्य कारण। स्थानीय तहदेखि नै सचेतना बढाउनुपर्‍यो। हाल ३ लाख ८१ हजार नेपालीले युएईमा काम गर्छन्। ५४८ जेलमा छन्। त्यसमध्ये ३४५ जना लागुऔषधको मुद्दामा जेलमा छन्।

१५. भिजिट भिसामा जाँदा साबिकमा श्रम डेस्क थियो विमानस्थलमा। त्यसलाई पुनर्स्थापना गर्ने।

१६. डिर्पाचरका लागि विमानस्थलमा प्रि-भेरिफिकेसन अनिवार्य गर्ने 

१७. म्यानपावर एजेन्सीहरूलाई थप जिम्मेवार बनाउने

१८. वैदेशिक रोजगार सम्बन्धमा स्थानीयस्तरबाटै सचेतना बढाउने