Skip This
पहिरोले मुग्लिन सडक अनिश्चित बनेपछि चितवन प्रशासनले भन्यो– ज्यान बचाऔँ, यात्रा पछि गरौँला
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ७ मंगलबार
  • Tuesday, 23 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज ७ मंगलबार २o:१o:oo
Read Time : < 1 मिनेट
समाचार

पहिरोले मुग्लिन सडक अनिश्चित बनेपछि चितवन प्रशासनले भन्यो– ज्यान बचाऔँ, यात्रा पछि गरौँला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज ७ मंगलबार २o:१o:oo

जिल्ला प्रशासन कार्यालय चितवनले पहिरोले ठप्प नारायणगढ–मुग्लिङ सडक खण्ड तत्काल खुल्न सक्ने सम्भावना नरहेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल सडक खुल्ने अवस्था नरहेकाले सम्बन्धित जिल्लाका स्थानीय प्रशासनसँग समन्वय गरी उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्। 

वैकल्पिक मार्गको रूपमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौँडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती र गैँडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाटै उपयुक्त वैकल्पिक मार्ग लिन भनिएको छ। 

प्रशासनले यात्रा गर्नुपूर्व सडकको अवस्था बुझी यकिन गरेर मात्र यात्रा गर्न एवं सडकमार्गमा रहेका यात्रुलाई कुनै समस्या परेमा सडक सुरक्षार्थ खटिइएका ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरूसँग सूचना एवं सहयोग लिन आग्रह पनि गरिएको छ। ‘हाम्रो अनुरोध छ, जोखिम मोलेर यात्रा नगरौँ, ज्यान बचाऔँ यात्रा पछि गरौँला, घुमेरै यात्रा गरौँ बाटो खुल्ने आशामा आफैँ दुःख हैरानीमा नपरौँ,’ विज्ञप्तिमा भनिएको छ। प्रशासनले तत्कालका लागि बाध्यात्मक विकल्प रहेको र सडक खुलाउन हरदम प्रयत्न भइरहेको पनि जनाएको छ।