Skip This
झापामा धारिलो हतियार प्रयोग गरी एकको हत्या
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ७ मंगलबार
  • Tuesday, 23 September, 2025
२o८२ असोज ७ मंगलबार १४:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झापामा धारिलो हतियार प्रयोग गरी एकको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज ७ मंगलबार १४:१३:oo

झापामा छिमेकीले एक व्यक्तिको हत्या गरेका छन्। झापाको बिर्तामोड– ७ खादबाडीका ३६ वर्षीया फुर्वा तामाङको हत्या भएको हो। उनलाई छिमेकी प्रेमकुमार राई र रामकुमार राईले खुकुरी र बसिला प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तामाङलाई छिमेकी प्रेमकुमार र रामकुमारले घरमै मंलबार बिहान हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए। प्रेमकुमार र रामकुमार दाजुभाइ हुन्।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ। उनीहरूले मादक पदार्थ सेवन गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए। यद्यपि, हत्याको कारण खुल्न नसकेको प्रवक्ता खड्काले बताए । हत्या आरोपी दुवैजनालाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताए ।