Skip This
एनएमबि बैंकका ग्राहकलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ७ मंगलबार
  • Tuesday, 23 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज ७ मंगलबार १४:o५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एनएमबि बैंकका ग्राहकलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज ७ मंगलबार १४:o५:oo

एनएमबि बैंक लिमिटेडले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ। उक्त सहकार्यअन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआरमार्फत भुक्तानी गर्दा रु. ५,००० को छुट प्राप्त गर्न सक्नेछन्।

उक्त छुट कुजु नेपालद्वारा सञ्चालित याडिया साे–रुमहरूमा उपलब्ध हुनेछ। यो छुट चाडपर्वको समयमा मात्र लागू हुने बताइएको छ। यस छुटले वातावरणमैत्री सवारीसाधनतर्फ ग्राहकको आकर्षणलाई बढावा दिने अपेक्षा गरिएको छ। छुट प्राप्त गर्नका लागी ग्राहकले भुक्तानी गर्नुअघि साे–रुमलाई जानकारी गराउनुपर्नेछ र एनएमबि बैंकको डिजिटल भुक्तानी माध्यम प्रयोग गर्नुपर्नेछ।

एनएमबि बैंकले यस सहकार्यबाट आफ्ना ग्राहकहरूलाई थप लाभ प्रदान हुनुका साथै देशमा हरित ऊर्जा र दिगो सवारी प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको जनाएको छ। साथै, बैंकले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न यस्ता ग्राहकमैत्री योजनाहरू निरन्तर ल्याउँदै आएको छ।