
करिब शून्यमा झरेको पर्यटनलाई सन् २०१९ को अवस्थामा फर्काउन प्रयासरत छौँ
०६२/६३ को जनआन्दोलनबाट व्यवस्था परिवर्तन भएपछि नयाँ संविधान आउँदा मुलुक शान्ति र समृद्धितर्फ अगाडि बढ्ने विश्वाससहित निजी क्षेत्रको मनोबल बढेको देखिन्छ । नयाँ संविधानको अभ्याससँगै अपेक्षा गरिएको राजनीतिक स्थिरता, देशमा बढ्दो आर्थिक विकासमुखी सोच र मानसिकता, सुधार र विस्तार हुँदै गएको पूर्वाधारका कारण नेपालको पर्यटन उद्योगमा ठूलो मात्रामा लगानी बढिरहेको छ । जसले पर्यटन क्षेत्रमा लगानी विस्तार हुन थालेको छ । देशैभर तारे होटेल, लक्जरी रिसोर्ट तथा अन्य विभिन्न पर्यटन गतिविधिमा लगानी भइरहेको छ ।
मान्छे नयाँ अनुभवको खोजी गर्दै यात्रामा निस्कन्छन् । नयाँ–नयाँ गन्तव्य चहारिरहेका हुन्छन् । जसले विश्वभर पर्यटनका गन्तव्य फराकिलो र पर्यटकीय गतिविधि विविधतापूर्ण र नौला बन्दै छन् । यात्रीको रुचिमा पनि नयाँपन देखिन्छ । नयाँ ठाउँ हेर्न र नौलो अनुभव बटुल्न निस्कने घुमन्ते बढ्दा विश्वभर पर्यटन उद्योग निरन्तर फस्टाउँदो छ । आधुनिक पर्यटनको विश्वव्यापी विकासक्रम हेर्दा निरन्तर बढिरहेका धेरै कम उद्योगमध्ये पर्यटन उद्योग एक हो । पर्यटक संख्या, वैदेशिक मुद्रा आर्जन, रोजगारी सिर्जना, आय वृद्धि वा गन्तव्य तथा गतिविधि विस्तारका हिसाबले पर्यटन उद्योग निरन्तर बढ्दो क्रममा छ ।
नेपाल पर्यटनकै लागि सिर्जना भएको हो भन्दा फरक नपर्ला । नेपाल प्राकृतिक विशिष्टता, सांस्कृतिक वैभवता, गौरवपूर्ण ऐतिहासिकता, रूपान्तरणयोग्य आध्यात्मिकता, भूबनोटीय सुन्दरता र रणनीतिक भौगोलिक अवस्थितले गर्दा एक अद्वितीय पर्यटकीय गन्तव्य हो । यहाँका प्राकृतिक सम्पदामा विश्वका नौजवानलाई पागल बनाउने शक्ति छ । यसैले त न्युयोर्क टाइम्स, सिएनएन, ट्रिप एडभाइजर, नेसनल जियोग्राफिक, टाइम म्यागेजिनलगायतले सार्वजनिक गर्ने विश्वका प्रमुख घुम्न जाने गन्तव्यको सूचीमा नेपाल पर्दै आएको छ । विश्वका चर्चित फेसन र ट्राभल पत्रिकाको नजर खिचेको छ ।
पर्यटनमा उतारचढाव
पर्यटनबाट लाभ लिँदै नेपाललाई एक समृद्ध राष्ट्र बनाउन सक्ने प्रशस्तै आधार हुँदाहुँदै पनि अपेक्षित प्रतिफल लिन सकिरहेका छैनौँ । वार्षिक ५० लाखभन्दा बढी पर्यटक भित्र्याउनुपर्नेमा १०–१२ लाख पर्यटकमा अल्झिरहेका छौँ । नेतृत्वमा व्यावसायिक सोच, कुशल व्यवस्थापन, परिणाममुखी नेतृत्वका लागि आवश्यक सीप र ज्ञानको कमीले गर्दा अपेक्षित सकारात्मक परिणाम हासिल गर्न नसकिएकै हो ।
न्युयोर्क टाइम्स, सिएनएन, ट्रिप एडभाइजर, नेसनल जियोग्राफिक, टाइम म्यागेजिनलगायतले सार्वजनिक गर्ने विश्वका प्रमुख घुम्न जाने गन्तव्यको सूचीमा नेपाल पर्दै आएको छ
एकातर्फ सन् १९९९ को भारतीय विमान अपहरण, दरबार हत्याकाण्ड, माओवादी सशस्त्र युद्ध, दिनहुँजसो भइरहने बन्द–हडताल, अस्थिर राजनीतिले जर्जर बनाएको नेपाली पर्यटन उद्योग ०७२ को महाभूकम्प र त्यसपछिको अघोषित नाकाबन्दीबाट आपूर्तिमा देखिएको असहजताले उच्च संकटको अवस्थाबाट गुज्रिन प¥यो । त्यसपछि कोभिड महामारी, आर्थिक मन्दी एवं बाढीपहिरोजस्ता विपत्ति थपिँदा सीधा असर पर्यटनमा परेको यथार्थ हो । एउटा संकटबाट पर्यटन क्षेत्र तंग्रिन नपाउँदै एकपछि अर्को संकट आइलाग्दा पनि अपेक्षित उपलब्धि हासिल हुन सकेन ।
१० लाख पर्यटक भिœयाउने उद्देश्यसहित सन् २०११ लाई नेपाल भ्रमण वर्ष मनाउने घोषण गरियो । देशभित्र पर्यटकमैत्री वातावरण बनाउने तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने काम थालियो । नेपाल भ्रमण वर्ष २०११ अभियानपश्चात् सन् २०११ देखि २०१४ सम्म वार्षिक आठ लाखको हाराहारीमा विदेशी पर्यटक आगमन हुन थाल्यो ।
सन् २०११ मै पहिलोपटक होमस्टे कार्यविधि जारी गरेर होमस्टेलाई व्यवस्थित र सुरक्षित बनाई प्रवद्र्धन गर्न थालियो । यही अभियानका दौरानमा सबै प्रमुख राजनीतिक दलका अध्यक्ष तथा सभापतिबाट बन्द–हडताल नगर्ने प्रतिबद्धतासमेत गराउने काम भयो । त्यसपछि बन्द–हडताल निमिट्यान्न नभएपछि दिनहुँ भइरहने बन्द–हडतालमा उल्लेख्य रूपमा कमी आयो । तर, सन् २०१५ आएको महाभूकम्पले पर्यटनमा ठलो असर ग¥यो । त्यस वर्ष पर्यटक संख्यामा करिब ४० प्रतिशतले गिरावट आयो । राजधानीलगायत देशभरका सम्पदा र अन्य भौतिक सम्पत्तिमा ठुलो क्षति पुग्न गयो ।
त्यसपछि गरिएका विभिन्न सिर्जनशील कार्यक्रम र ऊर्जाशील प्रयासबाट पर्यटक आगमन रिकभरी भइरहेको छ । सन् २०१६, २०१७, २०१८ र २०१९ मा हरेक वर्ष करिब २२ प्रतिशतले पर्यटक बढे । सन् २०१९ पर्यटक आगमन करिब १२ लाख पुग्यो, जुन इतिहासकै धेरै हो । पर्यटक बढिरहेकै वेलामा विश्वभर कोभिड महामारी फैलियो । त्यसपछि करिब शून्यमा झरेको पर्यटनलाई सन् २०१९ को अवस्थामा फर्काउन प्रयास भइरहेको छ ।
सरकारले १२ लाख पर्यटक वृद्धि गरेर २० लाख भित्र्याउने उद्देश्यसहित भ्रमण वर्ष २०२० शुभारम्भ ग¥यो । पर्यटन क्षेत्रका सम्भावना उजागर गर्ने र पर्यटकमार्फत देशको अर्थतन्त्रमा टेवा पु¥याउने लक्ष्य र दृढता राखिएको थियो । तर, सन् २०२० को सुरुवातमै विश्वभर कोभिड महामारी फैलिन थाल्यो । मान्छे घुम्न निस्कनेभन्दा पनि ज्यान जोगाउन घरमै बस्नुप¥यो । त्यस वर्ष पर्यटक आगमन ९० प्रतिशतले घट्यो । तैपनि पर्यटन पुनरुत्थानमा त्यसवेला भएका उदाहरणीय कामले आज पनि उत्पे्ररित गरिरहेको छ ।
भूकम्पबाट एकातिर मठ, मन्दिर, पाटीपौवा, पुराना बस्ती, पदमार्गलगायत थुप्रै सांस्कृतिक र प्राकृतिक सम्पदामा भौतिक क्षति मात्र होइन, अब नेपाल भ्रमण गर्नलायक मुलुक रहेन भन्ने नकारात्मक छवि अन्तर्राष्ट्रिय स्रोत बजारमा स्थापित भएको थियो । अर्कोतिर अघोषित नाकाबन्दीले दैनिक आवश्यकताका सामग्रीसमेत आपूर्ति असहज हुँदा थप मर्का प¥यो । निजी क्षेत्रको मनोबल निकै खस्केको अवस्था थियो ।
बिस्तारै परम्परागत शैली र सीप प्रवद्र्धन गर्दै क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणले तीव्रता पायो । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को सहयोगमा विश्वका विज्ञहरू सम्मिलित टिमबाट पर्यटन पुनरुत्थान रणनीति बनाई कार्यान्वयन गर्न थालियो । कुनै पनि संकट वा विपत्पछि पर्यटनमा पुनरुत्थान हुने पहिलो सेगमेन्ट आन्तरिक पर्यटन हो ।
विश्वका अन्य देशको तुलनामा नेपालमा आन्तरिक पर्यटन बलियो नभएको सन्दर्भमा पनि इतिहासमै पहिलोपटक पर्यटन बोर्डमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन तथा विस्तारका लागि एउटा अभियानकै रूपमा ०७३ लाई ‘घुमफिर वर्ष’का रूपमा अघि सारियो । यस्तै, पर्यटन प्रवद्र्धनका लागि विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग, नेपाल मन पराउने क्लब तथा समूहलाई सक्रिय बनाइयो । ‘नेपाल युरोप भ्रमण वर्ष, २०१७ र नेपालको सांस्कृतिक सम्पदा तथा परम्परागत खानपिन प्रवद्र्धनका लागि २०१८ मा एक विशेष अभियान’ सञ्चालन भयो । छिमेकी देश चीनले ‘चीन नेपाल भ्रमण वर्ष २०१८’ भनेर विशेष कार्यक्रम घोषणा ग¥यो । र, अहिले २०२५ का लागि पनि यस्तै अभियान सञ्चालन गरिएको छ ।
नेपाललाई अफगानिस्तान, पाकिस्तान, भारत हुँदै चीनसम्म फैलिएको सम्पूर्ण हिमालय क्षेत्रको प्रवेशद्वारका रूपमा र लुम्बिनीलाई बुद्ध परिक्रमा यात्राको प्रवेशद्वारका रूपमा प्रचारित गर्दै स्थापित गर्न तीन सयभन्दा बढी विदेशी प्रतिष्ठित विज्ञ र व्यवसायीलाई नेपालमै बोलाएर काठमाडौंमा ‘हिमालयन ट्राभल मार्ट’ र लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ वार्षिक कार्यक्रमका रूपमा आयोजना गर्न थालियो । निजी क्षेत्रलाई जोडेर ग्रामीण पर्यटन उकास्न पोखरामा पहिलोपटक ‘होमस्टे मार्ट’ आयोजना गरियो । काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, सगरमाथा, अन्नपूूर्ण क्षेत्रहरूसँगै पूर्व र पश्चिममा पनि पर्यटन विस्तार गर्न पूर्वको धरानमा ‘इस्ट ट्राभल मार्ट’ र पश्चिमको नेपालगन्जमा ‘वेस्ट ट्राभल मार्ट’ आयोजना गर्न थालियो ।
नेपाललाई विश्व स्रोत बजारसम्मको पहँुच बढाउन हवाई कनेक्टिभिटी आवश्यक रहेकाले भैरहवामा गौतमबुद्ध र कास्कीमा पोखरा अन्तर्राष्ट्रि«य विमानस्थल निर्माण कार्यको गति बढाइयो, जुन अहिले सञ्चालनमा आइसकेका छन् । विद्यमान सञ्चालनमा रहेको काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ वे नौबाट १३ वटा बनाइयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक विशिष्ट र मौलिक शैलीको भएकाले त्यसलाई ‘बुटिक विमानस्थल’का रूपमा विकास गर्ने अवधारणा अघि बढाइयो ।
भैरहवा र पोखरामा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल थपिएका छन् । ती विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न जरुरी छ । पर्यटक नेपाल भित्रिने गेटवे भनेकै विमानस्थल रहेकाले विश्वभर हवाई कनेक्टिभिटी नबढाउँदासम्म सोचेजति पर्यटक भिœयाउन मुस्किल पर्छ ।
पर्यटनमा क्षेत्रलाई दक्ष जनशक्ति उपलब्ध गराउन एक वर्षमा १० हजार जनशक्तिलाई तालिम, अभिमुखीकरण तथा पर्यटन शिक्षा प्रदान गर्ने लक्ष्यसहित दक्षता अभिवृद्धि गर्न थालियो । पर्वतीय र साहसिक गतिविधि मात्र हुने गन्तव्यका रूपमा परिचित नेपालको छविलाई फराकिलो बनाउँदै यहाँका सांस्कृतिक सम्पदाहरू, रीतिरिवाज, चाडपर्व, खानपिन, जीवनशैली, वनजंगल तथा वन्यजन्तुु, मनमोहक मौसम, सुन्दर भूगोलजस्ता पक्षलाई पनि पर्यटक आकर्षणको रुचि बनाएर नयाँ सन्देशका साथ प्रवद्र्धन गर्ने रणनीतिसहितको काम थालिएको छ ।
पर्यटकको नयाँ र बदलिँदो रुचिलाई मध्यनजर गर्दै नेपाललाई जीवनमा विरलैै अनुभूत गर्न पाइने र अद्भुत अनुुभवहरूको रोमाञ्चक गन्तव्यका रूपमा प्रचार गर्न ‘लाइफ टाइम एक्सपेरियन्स’को थिममा प्रवद्र्धन गर्न थालियो । नेपाल भ्रमण वर्ष, २०२० को उद्देश्य पनि यही थियो । यस्तै, पर्यटनमा स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन, नीतिगत सुधार, सांस्कृतिक संवद्र्धन, वनजंगललगायत प्राकृतिक सम्पदाहरूको संरक्षण, भाषा–साहित्य, कलालगायत मूर्त तथा अमूर्त सम्पदाको जगेर्नासहितका कार्यक्रम पनि तीव्रतासाथ गरिएको छ ।
नेपाल भ्रमण गरिरहेका पर्यटकलाई नेपाल भ्रमणको अनुभव साट्ने प्लाटफर्मका रूपमा अनलाइन पोर्टल नै बनाएर ‘नेपाल नाउ’ अभियान चलाइयो । बिबिसी, सिएनएन, ट्रिप एडभाइजर, लोन्ली प्लानेट, रोयटर्स, सिटिपजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय मिडियासँग सहकार्य गर्दै नेपालका पर्यटकीय आकर्षणको अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रवद्र्धन गरियो । बर्सेनि दुई सयभन्दा बढी विदेशी सञ्चारकर्मी तथा इन्फ्ल्युन्सरलाई नेपालको परिचयात्मक भ्रमण गराई प्रवद्र्धन थालियो ।
कुनै एक संकट वा विपत् अस्थायी हो, तर संकट भने स्थायी हुन्छन् । रंग, रूप, आकार, चरित्र र प्रकृति फरक भए पनि केही समयको अन्तरालमा अनपेक्षित ढंगबाट आइरहेका हुन्छन् । नेपालकै पर्यटनको दुुई दशकलाई हेर्दा कहिले राजनीतिक, कहिले प्राकृतिक, कहिले महामारी गरी करिब आठवटा संकटले ल्याएका चुुनौतीको सामना गर्नुपरेको छ । यस्ता संकटबारे अन्तर्राष्ट्रिय ज्ञान बटुल्न र नेपालको ज्ञान साट्न संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठन (युएनडब्लुटिओ), प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा), विश्व पर्यटन रिजिलियन्स तथा संकट व्यवस्थापन केन्द्र (जिटिआरएमसी)का प्रमुखलगायत विदेशका ६० जना विज्ञको उपस्थितिमा पहिलो विश्व पर्यटन रिजिलियन्स समिट आयोजना नेपालमा गरिएको थियो ।
यिनै महत्वपूर्ण पहलकदमी र कार्यक्रमबाट भूकम्पमा पाँच लाखभन्दा तल खस्केको पर्यटक आगमन तीन वर्षपछि हालसम्मकै उच्च १२ लाख पुगेको थियो । पर्यटनबाट हुने आय र रोजगारी पनि उल्लेख्य वृद्धि भएको थियो । विश्वका धेरै देशका लागि ०७२ को महाभूकम्पपछिको पर्यटन पुनरुत्थान एउटा उदाहरणीय मोडल मानिन्छ, जसको अनुकरण अन्य देशमा पनि गरिएको छ ।
अब गर्नुपर्ने काम
पर्यटनको प्रचुर सम्भावनाबिच उल्लेख्य लाभ लिन सकिएको छ । पर्यटनबाट लाभ लिनका लागि धेरै काम गर्न जरुरी छ । साहसिक, धार्मिक, आध्यात्मिक, सांस्कृतिक र प्रकृतिमा रमाउन खोज्ने पर्यटकमाझ नेपालबारे उच्च छवि बनाउनुपर्नेछ । आजका दिनमा विश्वव्यापी रूपमा पर्यटनको नयाँ ट्रेन्ड लक्जरी र कम्फर्टभन्दा पनि एक्सपेरियन्स इकोनोमीतर्फ तीव्र गतिमा विस्तारित भइरहेको छ । यसले नेपालजस्तो प्राकृतिक, भौगोलिक, सांस्कृतिक, वेशभूषा, खानपिनलगायत हिसाबले विविधतायुक्त देशलाई थप अवसर सिर्जना गर्दै छ ।
होटेल, रिजोर्ट, ट्राभल, ट्रेकिङ, ¥याफ्टिङ, एयरलाइन्स, रेस्टुरेन्टजस्ता क्षेत्रमार्फत सेवा प्रदान गरिरहेको पर्यटन व्यवसायले अर्बौँ रुपैयाँ आय सिर्जना गर्ने गर्छन् । प्रत्यक्ष, अप्रत्यक्ष र सप्लाई–चेनसमेत गरी पर्यटन क्षेत्रमा करिब १० लाख जनशक्तिलाई रोजगारी सिर्जना हुने गरेको छ । पर्यटन उद्योगमा मात्रै पाँच खर्बभन्दा बढी बैंक तथा वित्तीय क्षेत्रको लगानी रहेको अनुमान छ । अहिले देशभर करिब दुई दर्जन पाँचतारे होटेल सञ्चालनमा आइसकेका छन् भने एक दर्जनहाराहारी पाँचतारे सञ्चालनको तयारीमा छन् ।
सुधारिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुनुले पर्यटन क्षेत्रमा नयाँ आयाम थालेको छ । पर्यटन विकासमा लामो समयदेखि मुख्य अवरोधका रूपमा रहेको हवाई पूर्वाधारमा भएको सुधारले पर्यटक भित्र्याउन सहज भएको छ । पोखरा र भैरहवा विमानस्थल पनि पूर्ण क्षमतामा सञ्चालन गर्न सकियो भने पर्यटन उद्योगले लय समात्नेछ ।
सरकार र निजी क्षेत्रले बलियो सहकार्य गरी प्राथमिकताका साथ रणनीतिक योजना एकीकृत ढंगबाट अघि बढाउन सकियो भने नेपालको पर्यटनमा छिट्टै पुनरुत्थान गर्न सकिनेछ । र, भविष्यका लागि बलियो आधार पनि तयार हुनेछ । नवनिर्मित भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनदेखि पर्यटकीय गन्तव्य जोड्ने मुख्य राजमार्ग काठमाडौं–पोखरा, काठमाडौं–चितवन, लुम्बिनी–काठमाडौं–केरुङ तथा काठमाडौं–कोदारी जोडिने बाटोको विस्तार तथा मर्मत कार्य १८ महिनाभित्र सम्पन्न गर्न सक्ने हो भने करिब ३५ लाख पर्यटन सन् २०३० सम्ममै भित्र्याउन सकिने प्रशस्त आधार छन् । यसो गर्दा कम्तीमा एक खर्बको थप आय पर्यटन क्षेत्रबाट मात्रै प्रत्यक्ष रूपमा आर्जन गर्न सकिन्छ ।