१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २१ शुक्रबार ११:५४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पर्यटन बोर्डको सिइओमा जोशी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार ११:५४:oo

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दीपकराज जोशी नियुक्त भएका छन् । पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले जोशीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पर्यटन मन्त्रालयकी सहसचिव एवं बोर्ड सदस्य इन्दु घिमिरे संयोजकत्वको तीन सदस्यीय कार्यकारी प्रमुख छनोट उपसमितिले बिहीबार नै तीनजना अन्तिम प्रतिस्पर्धी छनोट गरी सिइओका लागि सिफारिस गरेको थियो ।

अन्तिम प्रतिस्पर्धीको लिस्टमा जोशीसहित धनञ्जय रेग्मी र ज्ञानेश्वर महतो रहेका थिए । नवनियुक्त सिइओ जोशी र रेग्मी बोर्डका पूर्वसिइओ हुन् । रेग्मीको कार्यकाल माघ ०८० मा सकिएपछि बोर्ड कार्यकारी प्रमुखविहीन बनेको थियो । बोर्डको सिइओका लागि आवेदन दिएका २० जना प्रतिस्पर्धीमध्येबाट जोशी कार्यकारी प्रमुखमा चयन भएका हुन् ।