
विश्व टेबल टेनिस दिवस ०२५ को अवसरमा पोखरामा खुला टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ। कास्की जिल्ला टेबल टेनिस संघको आयोजनामा सम्पन्न प्रतियोगितामा चार विधामा प्रतिस्पर्धा भएको थियो।
प्रतियोगिताअन्तर्गत मेन्स सिंगल्समा दीकराज गिरी प्रथम हुँदा दीपनिशान शाही दोस्रो, किसन जिसी र देवबहादुर भुजेल तेस्रो भए। ब्वाइज सिंगल्समा दीपनिशान शाही प्रथम हुँदा कृतन थापा दोस्रो, आयुष गहतराज तेस्रो भए। गर्ल्स सिंगल्समा सेजल बानियाँ प्रथम हुँदा तृषा गुरुङ दोस्रो, सुष्मा गुरुङ र सक्रिया पोखरेल तेस्रो भए। यसैगरी, क्याडेट ब्वाइजतर्फ प्रिन्स गुरुङ प्रथम, दिप्सन अधिकारी दोस्रो, युजिन गुरुङ र विधान पराजुली तेस्रो भए।
विजयी खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङ, विशेष अतिथि गण्डकी प्रदेश टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीलगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।