
नेपाल शिक्षक महासंघले आफूहरूको आन्दोलनमा घुसपैठ भएको जनाएको छ। आन्दोलनमा घुसपैठ भएपछि झडपको अवस्था आएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए।
हेल्मेट लगाएका चारजनाले अन्धाधुन्ध लाठीचार्ज गर्न थालेपछि झडप भएको सुवेदीले बताए। ‘आन्दोलनमा घुसपुठ भयो, हेल्मेट लगाएका चारजनाले अन्धाधुन्धा लाठी हान्न थाले, प्रहरीले पानीका फोहाेराले हान्यो। पछि लाठी प्रहार भयो,’ उनले भने।
झडपका कारण ६२ जना शिक्षक घाइते भएका बताइएको छ। प्राइम टिभीमा कार्यरत सविना कार्कीको आँखामा चोट लागेको छ।
कार्कीको तिलगंगा अस्पतालमा उपचार हुँदै छ भने तीन शिक्षकको ट्रमा सेन्टर, १६ शिक्षकको सिभिल अस्पताल र अन्यको एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ।