Skip This
नबिल सबैभन्दा बढी कर  तिर्ने बैंकका रूपमा सम्मानित
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Monday, 14 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ३१ आइतबार o८:५८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल सबैभन्दा बढी कर  तिर्ने बैंकका रूपमा सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार o८:५८:oo

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा बैंकलाई सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मान गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई उक्त सम्मानपत्र प्रदान गरेका हुन् । आर्थिक वर्ष ०७९/८० मा बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फबाट सबैभन्दा बढी कर दाखिला गरी मुलुकको अर्थतन्त्रमा बैंकले पुर्‍याएको योगदानको कदर गर्दै प्रमाणपत्रसहित बैंकलाई सम्मान गरिएकोे हो ।

सरकारले पनि यस वर्षको राष्ट्रिय कर दिवसको उपलक्ष्यमा बैंक, वित्तीय संस्था र बिमा क्षेत्रका तर्फबाट आर्थिक वर्ष ०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो ।

छुटाउनुभयो की ?