Skip This
सर्वोच्चले माग्यो रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशको कैफियत प्रतिवेदन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Tuesday, 15 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ३१ आइतबार १६:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चले माग्यो रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशको कैफियत प्रतिवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार १६:४५:oo

सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशको कैफियत प्रतिवेदन माग गरेको छ।

आइतबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेशको कैफियत प्रतिवेदन झिकाउन भनेको हो।हाल भैरहवा कारागारमा रहेका लामिछानेले गत शुक्रबार मात्रै आफूलाई थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराएका थिए।

बुटवलको सुप्रिम सहकारीको मुद्दामा जिल्ला अदालतले लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग गरेकोमा सो आदेश उल्टाउँदै उच्चले उनलाई थुनामा पठाउने आदेश गरेको थियो।