
चेन्नई सुपर किंग्सले सोमबार इन्डियन प्रिमियर लिग (आइपिएल)मा दोस्रो जित निकालेको छ । चेन्नईले लखनउ जायन्टमाथि पाँच विकेटको सानदार जित निकालेको हो । घरेलु मैदानमा पहिलो ब्याटिङ गरेको लखनउले २० ओभरमा सात विकेट गुमाएर १६६ रन बनाएको थियो । चेन्नईले १९.३ ओभरमा पाँच विकेटको नोक्सानीमा १६८ रन जोड्यो । चेन्नईको जितमा शिभम दुबे र कप्तान महेन्द्रसिंह धोनीले छैटौँ विकेटका लागि २८ बलमा ५७ रनको नटआउट साझेदारी गरेका थिए ।
दुबेले ३७ बलमा दुई छक्का र तीन चौका प्रहार गरी ४३ रन बनाए । धोनीले ११ बलमा चार चौका र एक छक्का प्रहार गरी २६ रनको योगदान दिए । जितका बाबजुद चेन्नई अंक–तालिकाको पुछारमै रहेको छ । चेन्नईले सात खेलमा दुई जित र पाँच हार सामना गरी चार अंक जोडेको छ ।
लखउनले सात खेलमा चार जित र तीन हार सामना गरी आठ अंक बटुलेको छ । लखनउ अंक–तालिकाको चौथो स्थानमा छ । चेन्नईको ब्याटिङमा सैक रासिदले १९ बलमा २७ रन तथा राचिन रभिन्द्राले २२ बलमा ३७ रनको योगदान दिए । यसअघिको ब्याटिङमा लखनउका लागि कप्तान रिषभ पन्तले ४९ बलमा समान चार चौका र छक्का प्रहार गरी सर्वाधिक ६३ रनको योगदान दिएका थिए ।