१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Friday, 18 April, 2025
२o८२ बैशाख ३ बुधबार १९:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेट अभावमा तीन वर्षसम्म काम नभएपछि स्थानीयले सडकमै रोपे केरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार १९:३२:oo

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ स्थित रानीजरुवामा सडक निर्माणका लागि टेन्टर भएको तीन वर्ष भयो। तर, पनि अहिलेसम्म सडक बनेको छैन।

पटक–पटक सम्बन्धित निकायलाई झक्झक्याउँदा पनि चासो नदिएपछि बुधबार स्थानीयले सडक चक्काजाम गरेका छन्। बसपार्कस्थित पिपलबोटनजिक दिउँसो १२ बजेदेखि १ बजेसम्म चक्काजाम गरेका थिए। सोही सडकमा स्थानीयले केराका बिरुवासमेत रोपेका थिए।

‘सुरुमा टेन्डर भयो, ठेकेदार पनि आए,’ संघर्ष समितिका संयोजक दीपक काफ्लेले भने, ‘तर, अहिले त ठेकेदार पनि छैनन्।’ तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको मौखिक आदेशमा सडकको टेन्डर आह्वान भएको थियो। तर, त्यति वेला पावरको दुरुपयोग गर्दै टेन्डर आह्वान गरिए पनि सडक नबनेपछि स्थानीय मारमा छन्। अहिले धुलाम्मे सडक वर्षातमा हिलाम्मे हुन्छ। आवतजावत मात्रै नभई सो क्षेत्रको व्यवसाय नै चौपट्ट छ।

पहिलो चरणमा चक्काजाम गरिए पनि सडक नबने आन्दोलनलाई निरन्तरता दिने संघर्ष समितिका सदस्य आकाश भण्डारीले बताए। तत्कालीन मुख्यमन्त्री डिल्ली चौधरीसहित अन्य नेताहरू पटक-पटक सडक स्तरवृद्धि गर्ने भनी अनुगमनमा पनि गएका थिए। तर, अहिलेसम्म न त काम भयो, न नेताहरू नै देखिन्छन्।