१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ३ बुधबार १९:५७:oo
Read Time : < 1 मिनेट
समाचार

२५ करोड तस्करीका ‘भरिया’ जेल चलान, मुख्य नाइके फरार  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार १९:५७:oo

एक महिनाअघि टोखामा बरामद भएको २५ करोडबराबरको विदेशी मुद्रा तस्करीमा संलग्न सिन्धुपाल्चोकका कुसाङ लामा जेल चलान भएका छन्। मंगलबार उनीविरुद्ध मुद्दा दायर भएकोमा बुधबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। 

उनीविरुद्ध विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार २५ करोड नै बिगोदाबी गर्दै मुद्दा दायर भएको थियो। कुसाङ सो पैसाका भरिया मात्र भएको अनुसन्धानमा खुलेको थियो। मुख्य नाइके भनिएका नारायण पौडेल पक्राउ परेका छैनन्। कुसाङ र नारायणविरुद्ध मुद्दा दायर भएको थियो। यसमा ठुलो संगठित गिरोह संलग्न रहेको आशंका गरिए पनि विस्तृत अनुसन्धान हुन सकेन। एकैजनाले २५ करोडबराबरको कारोबार असम्भव भएको प्रहरी अधिकारीहरू बताउँछन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ४ चैतमा टोखाको झोरबाट ना.७ख १६५२ नम्बरको कन्टेनरमा विभिन्न दरका अमेरिकी डलर र युरो बरामद गरेको थियो। जसको नेपाली दर २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ थियो। प्रहरीका अनुसार उक्त रकम तस्करीको सुनको मूल्य भुक्तानी गर्ने उद्देश्यले रसुवाको केरुङ हुँदै चीन लगिँदै थियो। सोही क्रममा अनुसन्धान कार्यालयले रकम बरामद गरेको थियो। त्यसलगत्तै, कार्यालयले बरामद रकमसहित घटनासँग सम्बन्धित सम्पूर्ण प्रतिवेदन विभागलाई बुझाएको थियो। घटना संगठित प्रकृतिको देखिएकाले अनुसन्धानमा कार्यालयले माग गरे पनि प्राप्त गरेन। गिरोहका नाइके पौडेल अनुसन्धान सुरु भएलगत्तै फरार भएका थिए। उनी २० वर्षअघि पनि डलर दुरुपयोगमा जेल परेका थिए। उनका चारै दाजुभाइ विभिन्न किसिमका अवैध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ।