Skip This
सरकारी तलब खाने पनि सामाजिक सुरक्षा कोषमा जोडिने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २ मंगलबार
  • Wednesday, 16 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २ मंगलबार o८:२२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सरकारी तलब खाने पनि सामाजिक सुरक्षा कोषमा जोडिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २ मंगलबार o८:२२:oo

अब सरकारी कोषबाट तलब खाने कर्मचारी पनि सामाजिक सुरक्षा कोषमा जोडिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारी निकायबाट पारिश्रमिक लिने (निवृत्तिभरण पाउनेबाहेक)लाई कोषमा आबद्ध गर्ने निर्णय गरेको हो ।  

मन्त्रालयले तीनै तहका सरकारी सञ्चित कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठान वा यस्तै कुनै निकायको कोषबाट पारिश्रमिक पाउने व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रूपमा सूचीकृत गर्ने निर्णय गरेको हो । 

प्रचलित कानुनबमोजिम निवृत्तिभरण पाउनेबाहेकलाई मात्रै कोषमा आबद्ध गरिने भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले राजपत्रमा प्रकाशन गरिएको सूचनामा भनिएको छ, ‘सरकारी तलब खानेलाई सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रूपमा सूचीकृत गरी निजहरूले खाइपाइ आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानी त्यसको २० प्रतिशत रोजगारदाताबाट र ११ प्रतिशत योगदानकर्ताको तर्फबाट जम्मा गर्नुपर्ने गरी सामाजिक सुरक्षा योजनामा सहभागी गराउने निर्णय गरेकाले यो सूचना प्रकाशन गरिएको छ ।’ 

कोषमा २१ लाख व्यक्ति आबद्ध, साढे ७७ अर्ब मौज्दात
सामाजिक सुरक्षा कोषमा हालसम्म २१ लाख ५१ हजार १८ जना योगदानकर्ता आबद्ध भएका छन् । यसमध्ये औपचारिकतर्फबाट २० हजार तीन सय ६२ रोजगारदाता र पाँच लाख ७४ हजार नौ सय ५९ जना योगदानकर्ता कोषमा आबद्ध भएका छन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका १५ लाख ७५ हजार दुई सय ७९ जना, अनौपचारिक रोजगारीबाट चार सय ५४ जना, स्वरोजगारबाट तीन सय २६ जना कोषमा आबद्ध भएका छन् । कोषमा हालसम्म ७७ अर्ब ६७ करोड रुपैयाँ रकम जम्मा भइसकेको छ । त्यस्तै, कोषले हालसम्म १३ अर्ब ९२ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ ।