
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी रक्षक पूजा रानासहित नेपाल पुलिस क्लबका तीन खेलाडीले भुटानको लिग खेल्ने भएका छन् ।
नेपाल पुलिस क्लबका प्रशिक्षक भोला सिलवालका अनुसार तीनै खेलाडीले ट्रान्सपर्ट युनाइटेड एफसीबाट खेल्नेछन् । पूजा दोस्रो तथा बिर्सना चौधरी र सम्झना लावतीले पहिलोपटक भुटानी लिग खेल्दै छन् ।
तीनै खेलाडी आइतबार त्यसतर्फ प्रस्थान गरिसकेका छन् । भोलाको प्रशिक्षणमा पुलिस महिला लिगमा दोस्रो भएको थियो । पूजा राष्ट्रिय टिमकी महत्वपूर्ण सदस्य हुन् भने बिर्सना र सम्झना क्याम्पमा परेका थिए । बिर्सनाले भने नेपालको यू–१९ टिमबाट खेलिसकेकी छिन् । भुटानका क्लबले यसपटक नेपाल र बंगलादेशका खेलाडीलाई क्लबमा अनुबन्ध गरेका छन् ।