मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Wednesday, 02 April, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत १८ सोमबार १४:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीनकुने घटनामा सबैलाई दुख्दा निर्मलनिवासलाई दुखेन : विश्वप्रकाश शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार १४:३o:oo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनामा सबैलाई दुःख लाग्दा निर्मलनिवासलाई नदुखेको टिप्पणी गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै शर्माले शान्तिपूर्ण भनिएको आन्दोलनमा दुई युवाको ज्यान गएकोमा दुःख व्यक्त गरे।

‘सविन महर्जन नाम गरेका एक श्रमजीवी युवा र सुरेश रजक नाम गरेका अर्का श्रमजीवी पत्रकार, सबैले दुःख व्यक्त गरेका छन्। सबै राजनीतिक दलको वक्तव्य आएको छ। तोडफोड हुँदै गर्दा सबैलाई दुख्यो, तर निर्मलनिवासलाई दुखेन। नागरिक मर्दै गर्दा धेरैलाई दुख्यो, तर निर्मलनिवासलाई दुखेन,’ उनले भने।

नागरिक मर्दा दुःख नमान्ने राजा नेपाली नागरिकले चाहेको हुनै नसक्ने भन्दै उनले राजतन्त्र चाहियो भन्नेहरूलाई प्रश्न गरे, ‘तीनकुनेलाई दुख्दै गर्दा, तपाईंको हृदय दुख्दै गर्दा हृदय नदुख्ने कस्तो राजा तपाईंले परकल्पना गर्नुभएको छ ? कस्तो राजा चाहनुभएको छ ?’