मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Tuesday, 01 April, 2025
सन्जीब योञ्जन काठमाडौं
२o८१ चैत १८ सोमबार ११:२७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

इस्लाम धर्मावलम्बीले आज इद मनाउँदै (भिडियाेसहित)

Read Time : < 1 मिनेट
सन्जीब योञ्जन काठमाडौं
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १८ सोमबार ११:२७:oo

इस्लाम धर्मावलम्बीले सोमबार (आज) इदुल फित्र (इद) मनाउँदै छन् । आइतबार साँझ चन्द्रमा देखिएकाले मुस्लिम सामुदायले इद मनाउन लागेका हुन् । साउदी अरब, कतारसहितका देशमा आइतबार नै इद मनाइए पनि नेपालसहित भारत, पाकिस्तान, बंंगलादेशलगायत मुलुकमा सोमबार मनाइँदै छ ।

इदमा सबैई (खानेकुरा) खिर तथा अन्य मिठो परिकार खाने गरिन्छ । इदका लागि परिवारका सदस्यका लागि नयाँ लत्ताकपडा किन्ने गरिन्छ । इदको दिन बिहानै नुहाई पाकसाफ (सफा) भई नयाँ कपडामा नजिकका इदगहवा मस्जिदमा गएर नमाज पढ्ने गरिन्छ ।

इदको नमाज पढनुअघि रोजामा भएको कमीकमजोरी वा रोजालाई शुद्धीकरणका लागि प्रतिव्यक्ति दुई किलो ४५ ग्राम गहुँको दरले परिवारका सबै सदस्यका नाममा फित्रराको पैसा अनिवार्य रूपमा मस्जिद मदरसामा दान गर्नुपर्ने हुन्छ ।