मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Tuesday, 01 April, 2025
एजेन्सी न्युयोर्क
२o८१ चैत १८ सोमबार ११:o६:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

सहायता कटौतीले सवा करोडको स्वास्थ्य जोखिममा 

Read Time : < 1 मिनेट
एजेन्सी, न्युयोर्क
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार ११:o६:oo

आर्थिक सहायता कटौतीले झन्डै एक करोड ३० लाख विस्थापितको स्वास्थ्य जोखिममा परेको संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसिआरले जनाएको छ । जनवरीमा आफ्नो पुनरागमनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी र आप्रवासीको हितविपरीत कटौतीका एजेन्डा पेस गरेका छन् । अधिकांश अमेरिकी वैदेशिक सहायता कोष तत्काल रोक्का गरेपछि विश्वभरका मानवीय संस्था प्रभावित भएका छन् ।

अमेरिका परम्परागत रूपमा युएनएचसिआरको शीर्ष दाता हो र उसले कुल योगदानको ४० प्रतिशतभन्दा बढी हिस्सा व्यहोर्ने गरेको थियो । युएनएचसिआरका जनस्वास्थ्य प्रमुख एलेन मैनाले भने, ‘सन् २०२५ सम्ममा पर्याप्त स्रोत–साधनको अभावमा अनुमानित ६३ लाख बालबालिकासहित एक करोड २८ लाख विस्थापित व्यक्ति जीवनरक्षक स्वास्थ्य हस्तक्षेपबाट वञ्चित हुन सक्छन् ।’

‘स्वास्थ्य खर्चमा आएको गिरावटका कारण बढेको वर्तमान मानवीय अनुदान संकटले शरणार्थीको सार्वजनिक स्वास्थ्य र पोषण कार्यक्रमको दायरा र गुणस्तरलाई असर गरिरहेको, आवश्यक सेवाको पहुँचमा बाधा पु¥याएको, रोगको प्रकोप र कुपोषणमा वृद्धि भएको र मानसिक स्वास्थ्य समस्याको जोखिम बढाइरहेको छ । कटौतीको उदाहरण दिँदै मैनाले बंगलादेशमा रहेका करिब १० लाख रोहिंग्या शरणार्थीले गम्भीर स्वास्थ्य संकटको सामना गरिरहेको र आर्थिक सहायता रोकिँदा स्वास्थ्य सेवाको पहुँचमा खतरा आएको छ । बुरुन्डीका विभिन्न शिविरमा पोषण कार्यक्रम स्थगन हुनुको अर्थ पाँच वर्षमुनिका हजारौँ शरणार्थी बालबालिकाले कुपोषणको पर्याप्त उपचार पाउन सकेका छैनन् । प्रजातान्त्रिक गणतन्त्र कंगोमा युएनएचसिआरको सन् २०२५ को स्वास्थ्य बजेट सन् २०२४ को तुलनामा ८७ प्रतिशतले कटौती गरिएको छ ।

कंगोमा कोष कटौतीको स्वास्थ्य परिणाम विनाशकारी हुने अपेक्षा गरिएको छ । यसले पाँच लाख २० हजारभन्दा बढी शरणार्थीलाई संक्रामक रोग र मृत्युको उच्च जोखिममा पारेको छ ।