
सन् १८८९ : इफेल टावर खुला । फ्रान्सेली इन्जिनियर अलेक्जेन्डर गुस्ताभ एफिलले टावरको माथिबाट फ्रान्सेली झन्डा फहराएर टावरको उद्घाटन गरेका थिए । यो टावर पेरिसको सबैभन्दा प्रतिष्ठित स्थल बनेको छ ।
सन् १९२१ : कोइला खानीमा काम गर्ने हजारौँ व्यक्तिको आन्दोलनपछि बेलायतमा आपत्काल घोषणा ।
सन् १९६४ : ब्राजिलमा कुमार्फत सैन्य शासन सुरु । हमबर्टो कास्टेलो ब्रान्कोको शासनकालमा वामपन्थी विपक्षीमाथि चरम दमन हुँदा सन् १९६८ मा व्यापक सामाजिक अशान्ति र हडताल भएको थियो ।
सन् १९६६ : करिब दुई लाख युद्धविरोधी प्रदर्शनकारीले न्युयोर्क सहरमा प्रदर्शन गरे ।
सन् १९८० : अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरले बैंकिङ उद्योगलाई उदारीकरण गरे ।