मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Tuesday, 01 April, 2025
नयाँ पत्रिका कञ्चनपुर
२o८१ चैत १८ सोमबार १o:४९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी, स्ववियु चुनाव अन्योलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार १o:४९:oo

आगामी २७ चैतमा सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहितका १५ आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तय गरिएको छ । तर, सुदूरपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन समितिको कार्यालयमा तालाबन्दी भएको छ ।

१८ चैतमा उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा दुई विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । एकीकृत समाजवादीनिकट अनेरास्ववियू र नेकपानिकट अखिल समाजवादीले संयुक्त रूपमा निर्वाचन संयोजकको कार्यालयमा तालाबन्दी गरेका हुन् । अनेरास्ववियू र अखिल समाजवादीले वास्तविक विद्यार्थीलाई मतदानबाट वञ्चित गराउन खोजिएको भन्दै तालाबन्दी गरेको जनाएका छन् । 

अनेरास्वयूका संयोजक प्रज्वल कुँवर र अखिल समाजवादीका अध्यक्ष अनिल सीले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन भाँड्नैका लागि क्याम्पस प्रशासनले बदनियत रूपमा विद्यार्थीको नाम छुटाएको आरोप लगाएका छन् । छात्रवृत्ति पाएका विद्यार्थीको नामसमेत मतदाता नामावलीमा समावेश नहुँदा निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसक्ने भन्दै वास्तविक विद्यार्थीलाई मतदान प्रक्रियामा समावेशको सुनिश्चितता नहुँदासम्म तालाबन्दी यथावत् रहने बताएका छन् ।

अनेरास्ववियू संयोजक कुँवरले वास्तविक विद्यार्थीलाई मतदान प्रक्रियाबाटै छुटाउने कार्यको विरोधस्वरूप तालाबन्दी गरिएको बताए । सुदूरपश्चिम विश्वविद्यालय निर्वाचन संयोजक कर्णदेव भट्टले विश्वविद्यालयका सबै संकायबाट प्राप्त नामावलीका आधारमा समितिले अन्तिम मतदाता नामावली प्रकाशन गरेको बताए । उनका अनुसार ३४ सय ६१ मतदाता नामावली टुंगो लागेको छ ।

सोमबार मनोनयन दर्ताका लागि आइतबार संगठन दर्ता गरेका विद्यार्थीलाई मनोनयन पत्र दर्ताकै प्रक्रियाकै दिन तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया रोकिएको छ । सुपवि स्थापनाको १४ वर्षमा हुन लागेको स्ववियु निर्वाचन तालाबन्दीले अन्योलतर्फ धकेलेको छ । स्ववियुका लागि तीन स्वतन्त्रसहित १० विद्यार्थी संघसंगठन चुनावी मैदानमा होमिएका थिए । अहिलेसम्म अखिल क्रान्तिकारीबाट हेमराज अवस्थी र अनेरास्ववियुबाट दीपकराज अवस्थी सभापतिमा लड्ने टुंगो लागेको छ ।