मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Tuesday, 01 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १८ सोमबार १o:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दोषीमाथि कारबाही गर्न एमालेले गरायो सरकारको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार १o:२४:oo

सरकारको नेतृत्व गरेको दल एमालेले राजावादीले गरेको अराजकता, लुटपाट र आगजनीको छानबिन गरी दोषीमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले सबै राजनीतिक दल, नागरिक समाज र आमनेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासविरुद्ध गोलबन्द हुन आह्वान पनि गरेको छ । 

‘शान्तिपूर्ण प्रदर्शनका नाममा सवारीसाधनको प्रयोग गरी सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी–जानी हिंसा र आतंक सिर्जना गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्नेजस्ता अराजक र आपराधिक क्रियाकलापको छानबिन गरी दोषीउपर तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गर्दछ,’ महासचिव शंकर पोखरेलले विज्ञप्तिमा भनेका छन् । 

बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प पनि गरेको छ । एमालेले प्रतिगमनको प्रयासविरुद्ध देशैभर अलग्गै जनसचेतना कार्यक्रम गरिरहेको छ । सोही क्रममा सोमबार राष्ट्रिय युवा संघले काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली गर्ने भएको छ । 

त्यस्तै, एमालेले आगामी ९ वैशाखमा पार्टी स्थापना दिवसलाई युथ समिटका रूपमा मनाउने निर्णय गरेको छ । समिटमा ४० वर्षमुनिका ६ हजार युवाको सहभागिता रहने जनाइएको छ ।