मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १८ सोमबार
  • Tuesday, 01 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १८ सोमबार १o:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राजावादीको ताण्डवविरुद्ध एकीकृत समाजवादीले देशभर भण्डाफोर गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १८ सोमबार १o:१३:oo

राजावादीहरूको आगजनी, तोडफोड र लुटपाटविरुद्ध एकीकृत समाजवादीले २५ चैतभित्रै देशव्यापी भण्डाफोर र प्रदर्शन गर्ने भएको छ । राजावादीले गत शुक्रबार पार्टी केन्द्रीय कार्यालय र काठमाडौं जिल्ला कमिटी कार्यालयमा गरेको तोडफोड र आगजनीको विरोधमा देशव्यापी भण्डाफोर गर्न लागेको हो । 

पार्टी कार्यालय आलोकनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले राजावादी हर्कतविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय स्थायी कमिटीले गरेको बताए । ‘राजावादी अराजक जत्थाद्वारा गरिएको हत्या, हिंसा, निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटलगायत उद्दण्ड, विध्वंशकारी र जनविरोधी क्रियाकलापको घोर निन्दा एवं भत्र्सना गर्दै यस्ता क्रियाकलापको देशव्यापी रूपमा भण्डाफोर गर्छौँ,’ ज्वालाले भने । सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसंगठनहरूले सम्बन्धित तहमा देशव्यापी विरोध प्रदर्शन गर्ने उनले बताए । राजावादीले काठमाडौं आलोकनगरस्थित केन्द्रीय कार्यालय र काठमाडौं जिल्ला कार्यालय तथा पार्टी अध्यक्ष माधवकुमार नेपालको निवासलगायतका स्थानमा ढुंगामुडा, तोडफोड र आगजनी गरेका थिए ।

राजावादी प्रदर्शनको नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाट नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न नसक्नु सरकारको कमजोरी भएको एकीकृत समाजवादीले ठहर गरेको छ । सरकारको यस्तो कमजोरी र गैरजिम्मेवार व्यवहारको विरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

हत्या गरिएका एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकलगायत मृतकप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ । समाजवादी मोर्चाको गत शुक्रबारको जनप्रदर्शन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको ठहर गरेको छ ।