मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १६ शनिबार
  • Tuesday, 01 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १६ शनिबार २२:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

रवीन्द्र मिश्र र धवलशमशेरलाई ज्यान मुद्दामा अनुसन्धान गर्ने तयारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १६ शनिबार २२:३o:oo

शुक्रबारको आन्दोलनलाई हिंसात्मक बनाएको आरोपमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र, धवलशमशेर राणालगायतविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा समेत अनुसन्धान अघि बढाउने तयारी गरेको छ। उनीहरूले नै उक्साएको भिडले आगो लगाउँदा पत्रकार सुरेश रजकको मृत्यु भएको तथा अरू घाइते भएको प्रहरीको निष्कर्ष छ । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहरा पक्राउ परेकाउपर के–के मुद्दा चलाउने भन्ने विषयमा परामर्श भइरहेको बताउँछन् । कर्तव्य ज्यान, आगजनी, आपराधिक उपद्रवलगायत मुद्दामा अनुसन्धान गर्ने प्रहरी तयारी छ। 

राजाको पक्षमा भएको आन्दोलन हिंसात्मक हुँदा व्यक्तिका घर तथा सवारीसाधन तोडफोड र आगजनी भएको छ। सो आन्दोलनका कमान्डर व्यवसायी दुर्गा प्रसाईं थिए। उनी फरार छन्। राप्रपा नेतासहित एक सयभन्दा धेरैलाई प्रहरीले पक्राउ गरिसकेको छ।