मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १६ शनिबार
  • Monday, 31 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १६ शनिबार o९:o८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रचण्ड कप भलिबल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १६ शनिबार o९:o८:oo

अखिल नेपाल खेलकुद महासंघले गणतन्त्र दिवसका अवसरमा ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । महासंघले राष्ट्रियस्तरको पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । महासंघका अनुसार प्रतियोगिता आगामी वर्षको जेठमा काठमाडौंमा हुनेछ । 

महासंघको केन्द्रीय समितिको विस्तारित बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको महासचिव अञ्जन धमलाले जानकारी दिए । ‘प्रचण्ड नेतृत्व सरकारले नै भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले गणतन्त्र दिवसका अवसरमा यसै खेलको प्रतियोगिता आयोजना गर्न लागिएको हो,’ धमलाले भने, ‘तत्कालीन प्रचण्ड सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । त्यसैले पनि जेठमा नै भलिबल प्रतियोगिता गर्न लागेका हौँ ।’ 

महासंघले योङ ब्रदर्स तेक्वान्दो क्लबसँगको सहकार्य गर्दै एसियन मार्सल आर्टस् गेम्स तथा खेलकुद महोत्सव गर्नेछ । मार्सल आर्टस् गेम्स आगामी २ देखि ३ जेठमा हुनेछ । महासंघका अध्यक्ष शिव कोइरालाले नेपाली खेलकुदको विकास, विस्तारसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता दिलाउन मद्दत पुग्ने गरी काम गर्न सदैव अग्रसर हुने बताए ।  महासंघको बैठकले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमै आयोजना गर्न सरकारलाई सचेत गराउँदै खेलाडीको खेल्न पाउने अधिकारबाट वञ्चित नगराउन आग्रह गरेको छ ।