मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १६ शनिबार
  • Monday, 31 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १६ शनिबार o८:२३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साल्ट ट्रेडिङको ५८औँ वार्षिक साधारणसभा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १६ शनिबार o८:२३:oo

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५८औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रदीपलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन, वित्तीय अवस्थाको विवरण, नाफा नोक्सानीको विवरण, नगद प्रवाह विवरणका साथै लेखानीतिउपर छलफल गरी पारित गर्‍यो । 

कर्पोरेसनको कारोबारको विवरण प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले ०८०/८१ को कारोबार समष्टिगतमा मूल्यांकन गरी व्यापारिक कारोबार सन्तोषजनक रहेको र वित्तीय क्षेत्रको लगानी पनि उपलब्धिमूलक रहेको अवगत गराउँदै, नुन, खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुको कारोबार गरिएको बताए । 

साल्टले सेयरधनीलाई दश प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । साथै, सुनकोशी नदीलगायतमा आएको भीषण बाढीले जनधनको व्यापक क्षति पुर्‍याएकोमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा कर्पोरेसन र कर्मचारीका तर्फबाट समेत ६० लाख रूपैयाँ उपलब्ध गराएको थियो ।