मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सुरक्षामा चुक : कोटेश्वर क्षेत्रमा आगजनी, तोडफोड र लुटपाट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४९:oo

राजतन्त्रको पक्षमा भएको आन्दोलन हिंसात्मक बन्न पुगेको छ । काठमाडौंको तीनकुने र आसपासका ठाउँ–ठाउँमा आगजनी, तोडफोड र लुटपाट भएको छ । 

कोटेश्वर, तीनकुने, जडीबुटीलगायत क्षेत्रमा आगजनी र तोडफोड भएको हो । एकीकृत समाजवादीको कार्यालयमा आगजनी भएको छ । तीनकुनेस्थित विभिन्न निजी घरमा तोडफोड भएको छ । मिडिया हाउसमा समेत ढुंगा प्रहार भएको छ । 

कोटेश्वरको भाटभटेनी डिपार्टमेन्ट स्टोरमा तोडफोड र लुटपाट भएको छ । प्रहरी पुग्न नसक्दा विभिन्न सामान लुटपाटसमेत भएको कम्पनीले जनाएको छ । 

त्यस्तै, बालकुमारी र जडीबुटीमा निजी गाडी जलाइएको छ। जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन  कम्पनीमा पनि आगजनी भएको छ । 
आन्दोलनमा करिब चार हजारको भिड थियो । त्यति भिडलाई पनि नियन्त्रणमा लिन नसकेको भन्दै सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । नियन्त्रण गर्न नसकेपछि कोटेश्वर, गौशालालगायत क्षेत्रमा कर्फ्यु लगाइएको छ । 

घटनाको विषयमा गृह मन्त्रालयले साँझ पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।