
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन तीनकुनेमा हुने भएको छ । आज सोही स्थानमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । साथै तीनकुनेमा नेपाली झन्डा व्यापार गर्नेहरू पनि उत्तिकै छन् । आन्दोलनकारी राष्ट्रिय झन्डासहित प्रदर्शनमा सहभागी हुने भएपछि राष्ट्रिय झन्डाको व्यापार हुने अनुमान गरिएको छ ।