मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 April, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format ११:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुरे क्षेत्रका उपभोक्तालाई वन व्यवस्थापन तालिम

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format ११:o५:oo

कञ्चनपुरको चुरे क्षेत्रका उपभोक्तालाई वन व्यवस्थापन तालिम लिन लागिएको छ । जिल्लाको भीमदत्त र बेदकोट नगरपालिका चुरे क्षेत्रका सामुदायिक वनका उपभोक्ताहरूलाई वन व्यवस्थापन तालिम लिन लागिएको हो । चुरे संरक्षण सञ्जाल नेपालले सामुदायिक वनका पदाधिकारी, उपभोक्ता एवं सदस्यहरूलाई दिगो वन व्यवस्थापन तालिम दिन लागेको जनाएको छ ।

चुरे संरक्षण सञ्जाल नेपालका कार्यक्रम व्यवस्थापक करन भट्टले चुरेसँगै प्रत्यक्ष जोडिएका १० सामुदायिक वनका पदाधिकारी, सदस्य एव उपभोक्ता गरेर ३० जनालाई तालिम दिएको बताए । चुरे संरक्षण सञ्जाल नेपालका अध्यक्ष रवीन्द्र कुँवरले तराई भूपरिधि कार्यक्रम (ताल)को आर्थिक सहयोगमा उपभोक्ताहरूलाई दिगो वन व्यवस्थापन तालिम दिन लागेको बताए । 

‘चुरे क्षेत्र अत्यन्तै संवेदनशील क्षेत्र हो, यसको समयमै संरक्षण गर्न नसके जोखिम बढ्छ,’ उनले भने, त्यसैले सामुदायिक वनका पदाधिकारी, सदस्य एवं उपभोक्ताहरूलाई संयुक्त रूपमा तालिम दिन लागेका छौँ ।’ वन, पर्यावरण एवं वन्यजन्तुको संरक्षणका लागि उपभोक्ताहरूलाई थप ज्ञान, सीप हासिल गराउने उद्देश्य रहेको अध्यक्ष कुँवरले बताए । अहिले सुक्खायाम भएको वनमा डढेलो, आगलागीका घटनासमेत निम्तिने भएकाले वनको संरक्षणबारे तालिममा सिकाइने बताउँदै उनले सहभागीहरूलाई नमुना सामुदायिक वनको समेत अध्ययन भ्रमण गराइने बताए । 

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुर, विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)का कार्यक्रम सहायक अस्मिता सिग्देल, तराई भूपरिधि कार्यक्रम (ताल)का फिल्ड सहायक शेरबहादुर चौधरीले दिगो वन व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका छन् । बेदकोटको अमर सामुदायिक वनका अध्यक्षसमेत रहेका चुरे संरक्षण सञ्जाल नेपालका उपाध्यक्ष मोहन चन्दले तालिमबाट सिकेका विषयवस्तु व्यवहारमा कार्यान्वयन गर्दा वनको विकासमा टेवा पुग्ने बताए। शनिबारसम्म सञ्चालन हुने तालिमका सहभागीहरूले तालिम प्रभावकारी भएको, तर बढी समयको हुनुपर्नेमा जोड दिएका छन् ।