मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १५ शुक्रबार
  • Monday, 31 March, 2025
२o८१ चैत १५ शुक्रबार १o:४o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आगामी बजेटबारे अर्थ मन्त्रालयद्वारा १६ मन्त्रालयसँग छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १५ शुक्रबार १o:४o:oo

अर्थ मन्त्रालयले आर्थिक वर्ष ०८२/८३ को बजेट निर्माण सम्बन्धमा १६ वटा मन्त्रालयसँग छलफल सम्पन्न गरेको छ । यसै क्रममा आज संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयसँग छलफल भएको छ । 

मन्त्रालयहरूसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अंकभन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । उनले संघीयताको मूल मर्म र भावना, संघ, प्रदेश र स्थानीय तहको भूमिका, प्रदेश र स्थानीय तहको भूमिकाअनुसार संघमा रहेका कार्यक्रम तथा आयोजनाको हस्तान्तरण, तीन तहका सरकारबिचको समन्वय र साझेदारीलाई जोड दिए । प्रदेश र स्थानीय तहले गर्ने काम संघले गर्दा संघीयता बलियो नहुने उनको भनाइ छ । 

अर्थमन्त्री पौडेलले विगतका सबै कार्यक्रम र योजनाको समीक्षा गरी संघीय योजनामा केन्द्रित हुन, कार्यक्रम तथा योजना रोक्न, घटाउन, समायोजन गर्न, अत्यावशक कार्यक्रमलाई निरन्तरता दिन र परिवर्तित समयअनुसार जनतासँग जोडिने स्मार्ट कार्यक्रम तथा योजना समावेश गर्न आग्रह गरे । उहाँले तीन करोड रुपैयाँभन्दा कमका आयोजना समावेश नगर्न पनि अनुरोध गरे । 

यसैगरी, अर्थमन्त्री पौडेलले अध्ययन र कार्यान्वयनमा जाने योजना तथा कार्यक्रमलाई प्राथमिकीकरण गर्न पनि जोड दिए । कार्यक्रम तथा योजना पेस गर्दा रकमान्तर र शोधनान्तर गर्नुनपर्ने गरी यथार्थपरक प्रस्ताव पेस गर्न पनि आग्रह गरे । 

उपलब्ध साधनस्रोतलाई ख्याल गर्दै जनताको आकांक्षा र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी अनुशासित र यथार्थपरक बजेट आउने अर्थमन्त्रीको भनाइ छ ।