मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ६ बुधबार
  • Wednesday, 19 March, 2025
रासस वासिङ्टन
२o८१ चैत ६ बुधबार १६:२४:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

युएसएड निलम्बन रोक्न मस्कलाई न्यायालयको आदेश

Read Time : > 1 मिनेट
रासस, वासिङ्टन
नयाँ पत्रिका
२o८१ चैत ६ बुधबार १६:२४:oo

एक संघीय न्यायाधीशले एलोन मस्क नेतृत्वको अमेरिकी ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डोज)’ द्वारा प्रमुख अमेरिकी सहायता एजेन्सी बन्द गर्ने कार्य रोक्न आदेश दिएका छन्।

अमेरिकी जिल्ला अदालतका न्यायाधीश थियोडोर चुआङले मस्क र डोजले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड)लाई विघटन गर्नुले अमेरिकी संविधानको धेरै किसिमले उल्लंघन गरेको हुन सक्ने बताएका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारको खर्च र रोजगारी कटौती गर्न अर्बपतिको कानुनी अधिकारलाई चुनौती दिँदै युएसएडका वर्तमान र पूर्वकर्मचारी र ठेकेदारहरूले दायर गरेको मुद्दाको जवाफमा चुआङले यस्तो आदेश दिएका हुन्।

उनीहरूले अमेरिकी संविधानको ‘नियुक्ति खण्ड’अन्तर्गत मस्कले आफ्नो अधिकार प्रयोग गर्न सिनेटको अनुमति पुष्टि गर्नुपर्ने तर्क गरेका छन्। न्यायाधीश चुआङले मस्कलाई सरकारमाथि अथाह शक्ति प्रयोग गर्न अनुमति दिने हो भने संविधानको ‘नियुक्ति खण्ड’को करिब अन्त्यको ढोका खोल्ने र प्राविधिक औपचारिकताबाहेक अरू केही होइन भन्नेमा सीमित गर्ने बताए।

चुआङले मस्क र डोजको कार्यले सन् १९६१ मा कंग्रेसले स्थापना गरेको युएसएडलाई कहिले र कसरी बन्द गर्ने भन्ने निर्णय गर्ने कंग्रेसको अधिकारको उल्लंघन गरेको औँल्याएका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत साता विश्वभर मानवीय सहायता वितरण गर्ने युएसएडका ८३ प्रतिशत कार्यक्रम रद्द गर्ने र करिब १२० देशमा स्वास्थ्य र आपतकालीन कार्यक्रम गर्ने बताएका थिए।

अदालतको यो फैसला ट्रम्पको लागत कटौती र सरकारी कर्मचारी कटौती अभियानका लागि कानुनी झट्का हो। अर्का एक न्यायाधीशले हालै मस्कको डोजले बर्खास्त गरेका विभिन्न एजेन्सीमा कार्यरत हजारौँ परीक्षण कालका कामदारलाई पुनः नियुक्त गर्न आदेश दिएका छन्।

चुआङले इमेल र अन्य इलेक्ट्रोनिक प्रणालीमा पहुँच हालका युएसएड कर्मचारी र ठेकेदारहरूलाई पुनर्स्थापित गर्न आदेश दिएका छन्। उनले भने, ‘अदालतले स्थायी रूपमा बन्द भएको कार्यालय युएसएडका कार्यवाहक प्रशासक वा संयुक्त राज्य अमेरिकाका अन्य आधिकारिक अधिकारीबाट खुलेको पुष्टि नगरे युएसएडलाई आफ्नो वासिङ्टन मुख्यालय पुनः नियन्त्रणमा लिन अनुमति दिइनुपर्छ।’