मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ६ बुधबार
  • Wednesday, 19 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत ६ बुधबार १३:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजा आइहाल्दैनन् नआत्तिनुस् : सांसद सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत ६ बुधबार १३:५२:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले अहिले नै राजा आउने डरले नआत्तिन दलहरूलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले देशमा गणतन्त्र आएको दुई दशक बितिसक्दा पनि राजाले अहिलेसम्म कुनै हस्तक्षेप नगरेको भन्दै सुशासन र समृद्धिका लागि एकपटक मलाई साथ दिनुस् भन्दा यति धेरै आत्तिनुपर्ने कारण नभएको स्पष्ट पारे । 

उनले दलहरूलाई सुध्रिन आग्रह गरे । उनले भने, ‘यो देश तपाईं–हामीले नै मिलेर बनाउने हो।  यो देशमा गणतन्त्र ल्याएको तपाईंहरूले नै हो हामीले होइन ।  राजाले मध्यरातमा जनताको नासो जनतालाई सुम्पिन्छु भन्दै राजगद्दी र राजमुकुट जनतालाई सुम्पिएर हात जोड्दै निस्किएको तपाईंहरूले देख्नुभएकै हो । तर, तपाईंहरूकै कुकर्मकै कारण देशमा यो अवस्था आएको हो,’ उनले भने ।  

उनले देशमा सुशासन र समृद्धि कायम गर्न सरकारसँग आग्रह गरे ।