मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ६ बुधबार
  • Wednesday, 19 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ६ बुधबार १७:१o:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

स्याङ्तानको ‘ओ पेङदोर्जे’लाई चार लाख राशिको पहिचान पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ६ बुधबार १७:१o:oo

कवि राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङदोर्जे’लाई पहिचान पुरस्कार प्रदान गरिएको छ।

भोजपुरको चखेवामा भएको एक कार्यक्रममा मंगलबार पहिचान पुरस्कार कोषले २०८०/०८१ को पहिचान पुरस्कार उक्त पुस्तकलाई प्रदान गरेको हो।

स्याङ्तानको प्रतिनिधित्व गरेर भोजपुर पुगेका कवि तथा प्राज्ञ चन्द रानाहोंछालाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य एवं मातृभाषा विभाग प्रमुख लेखक तथा कवि राजन मुकारुङले हस्तान्तरण गरे। पुरस्कार राशि चार लाख दुई हजार दुई रुपैयाँ रहेको छ।

कोषले २०८०/०८१ को लागि उत्कृष्ट ८ वटा पुस्तक छनोट गरेको थियो। जसमध्ये स्याङ्तानको ‘ओ पेङदोर्जे’ले पुरस्कार पाएको हो। यसअघि ११ वटा कृतिहरूले पहिचान पुरस्कार पाइसकेका छन्।