मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ६ बुधबार
  • Wednesday, 19 March, 2025
२o८१ चैत ६ बुधबार १o:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानका दुई क्याम्पसमा अखिल क्रान्तिकारी, अनेरास्ववियु र नेविसंघ समान एक-एकमा निर्वाचित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ६ बुधबार १o:२९:oo

सल्यानका चार क्याम्पसमा भएको निर्वाचनमा अखिल क्रान्तिकारी दुई क्याम्पसमा निर्वाचित भएको छ भने अनेरास्ववियु र नेविसंघ समान एक–एक क्याम्पसमा निर्वाचित भएका छन् । अखिल (क्रान्तिकारी)ले फारुला बहुमुखी क्याम्पस दार्मा र जनकल्याण क्याम्पस थारमारेमा जित हात पारेको हो भने अनेरास्ववियुले सल्यान बहुमुखी क्याम्पस खलंगा र नेविसंघले शिवजन क्याम्पसमा जित हात पारेको हो । 

फारुला बहुमुखी क्याम्पसमा अनेरास्ववियु, नेविसंघ, राप्रपा र विप्लव नेतृत्वको विद्यार्थी संगठनको संयुक्त प्यानललाई पराजित गर्दै अखिल (क्रान्तिकारी) को पूरै प्यानल विजयी भएको छ । अखिल  (क्रान्तिकारी) की हिमा शर्मा  ६५ मत ल्याएर निर्वाचित भएकी हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी साझा उम्मेदवार निशान देवकोटाले ५१ मत ल्याएका छन् । २०५ मतदाता रहेको फारुला बहुमुखी क्याम्पस दार्मामा १३० मत खसेको थियो । 

यस्तै, जनकल्याण क्याम्पस थारमारेमा अनेरास्ववियु र नेविसंघको संयुक्त गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारीका गणेश ओली निर्वाचित भएका छन् । ओली १९६ मत ल्याएर निर्वाचित भएका हुन् । उनले १८ मतले प्रतिद्वन्द्वीलाई पराजित गर्दै जित हात पारेका हुन्। उनका निकटतम प्रतिस्पर्धी संयुक्त गठबन्धनबाट नेविसंघका उम्मेदवार फलेन्द्र पुरीले १७८ मत ल्याएका छन्।  

सल्यान बहुमुखी क्यम्पसमा अनेरास्ववियु र नेविसंघका संयुक्त उम्मेदवार अनेरास्ववियुका विशाल पुनको प्यानल विजयी भएको छ । १२० मत ल्याएर पुन निर्वाचत भएका हुन् । उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका शीतल कुँवरले ३० मत प्राप्त गरिन् । यस्तै, शिवजन क्याम्पसमा अनेरास्ववियु र नेविसंघ संयुक्त प्यानलबाट नेविसंघका सञ्जय हमाल निर्वाचित भएका छन् । उनी १९४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका रोशन खड्कीले ८७ मत प्राप्त गरेका छन् । 

जिल्लाका सात क्याम्पसमध्ये तीनमा निर्वाचन र तीनमा निर्विराेध नेतृत्व चयन भइसकेको छ । बनगाड क्याम्पस बनगाडमा अखिल (क्रान्तिकारी) का जीवन विष्ट, शारदा क्याम्पस शंखमूलमा अनेरास्ववियुका विश्व खड्का र कपुरकोट बहुमुखी क्याम्पस कपुरकोटमा नेविसंघका झलक ओली निर्विराेध निर्वाचित भइसकेका छन् ।  यससँगै सल्यानमा तीन क्याम्पसमा अखिल क्रान्तिकारी तथा अनेरास्ववियु र नेविसंघ समान दुई–दुई क्याम्पसमा निर्वाचित भएका छन् ।