
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदमा आफूले व्यक्त गरेको अभिव्यक्तिप्रति आत्मसमीक्षा गर्दै क्षमायाचना गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले यही चैत ३ गतेको बैठकमा व्यक्त गरेको विचारप्रति क्षमायाचना गरेका हुन्। उक्त दिन प्रमुख सचेतक घिमिरेले यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।
उक्त अभिव्यक्ति आफूले प्रतिनिधित्व गरेको नेपाली कांग्रेस र संसदीय दलको नभएको तथा त्यो आफ्नो व्यक्तिगत धारणा भएको स्पष्ट गरे। मेरा विचारले ‘सम्मानित संसद्का सदस्य र अन्य जनसमुदायमा केही नकारात्मक प्रभाव परेको भए उहाँहरूको सम्मान गर्दै क्षमायाचना गर्न चाहन्छु,’ सांसद घिमिरेले भने ।