मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ६ बुधबार
  • Wednesday, 19 March, 2025
२o८१ चैत ६ बुधबार १३:२o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तामाकोशी पाँचौँ जलविद्युत् आयोजनामा मजदुर र ठेकेदारबिच सहमति 

बुधबारदेखि आयोजनाको काम सुचारु हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ६ बुधबार १३:२o:oo

एक सातादेखि विभिन्न पेसागत मागहरू राखेर सबै काम बन्द गर्दै आन्दोलनमा उत्रिएका तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाका मजदुर र ठेकेदार कम्पनी सिनो हाइड्रोबिच श्रमिकका सबै मागहरू सम्बोधन गर्ने सहमति भएको छ । 

रोजगारी सम्झौतालगायतका पेसागत मागहरू अघि सार्दै आन्दोलनमा उत्रिएका नेपाली मजदुर र ठेकेदार कम्पनी सिनो हाइड्रो केएसएनएस जेभीबिच मंगलबार आयोजना निर्माणस्थल बिगु– ४ सुरीटारमा सहमति भएको हो ।

नेपालको प्रचलित श्रम ऐनअनुसार आयोजनामा खटिने नेपाली मजदुरलाई तोकिएको सेवा सुविधा उपलब्ध गराउने सहमतिपछि बुधबारबाट आयोजनाका सबै काम नियमित हुने भएको हो । मजदुरहरू आन्दोलनमा उत्रिएपछि एक सातादेखि तामाकोशी पाँचौँ आयोजनाका सम्पूर्ण काम पूर्ण रूपमा बन्द भएको थियो । 

मंगलबार सम्पन्न वार्तामा मजदुर र ठेकेदार कम्पनीबिच नेपाल सरकारले तोकेको आठ घण्टा श्रम गरेबापत श्रम ऐनअनुसारको पारिश्रमिक उपलब्ध गराउने, वार्षिक रूपमा ज्याला वृद्धि गर्ने, दुर्घटना बिमा गर्ने, चाडपर्व खर्च उपलब्ध गराउने, औषधि–उपचार बिमा गरिने, मजदुरहरूलाई किरिया बिदा, सुत्केरी बिदा दिनेजस्ता श्रम ऐनमा उल्लेख भएका सामान्य सुविधासहित रोजगारी सम्झौता उपलब्ध गराउने लिखित सहमति भएको नेपाली मजदुरहरूका अगुवा जीवन मगरले जानकारी दिएका छन् । उनका अनुसार बुधबारबाट आयोजनाका सबै काम नियमित हुनेछन् ।

सहमतिपत्रमा आयोजना निर्माणको जिम्मा पाएको सिनो हाइड्रो केएसएनएस जेभीका तर्फबाट प्रोजेक्ट मेनेजर छैन, सोसिएल मेनेजर जाङ र नेपाली मजदुरको तर्फबाट मदनकुमार श्रेष्ठ,जीवन मगर, दुर्गाप्रसाद आचार्य, अशोक सुवेदी, किरण ठकुरी र रञ्जित ठकुरीले हस्ताक्षर गरेका छन् ।